दार्जिलिङ: विश्व पृथ्वी दिवसको उपलक्ष्यमा दार्जिलिङको साउथफिल्ड कलेजको नेचर कलब, एनसीसी अनि एनएसएसका स्वंयसेवी विद्यार्थीवर्गले गैर सरकारी संस्था ‘हिलदारी’ सँगको सहकार्यमा पृथ्वी दिवस पालन गरियो। यस कार्यक्रममा कलेज क्याम्पस र वरपर साफ सफाइ अभियान र फूल रूप्से साथै रूखका विरुवाहरू रोपणको आयोजना गर्यो। समिति संयोजकहरूको निरीक्षणमा गरिएको सफाई गतिविधिहरूमा लगभग ३५० विद्यार्थी स्वयंसेवकहरूले भाग लिए। यस कार्यक्रमलाई दार्जिलिङ नगरपालिकाले पनि सहयोग गरेका थिए साथै कलेज क्याम्पस तलतिर रहेको र होटल एलिस भिल्ला माथिको विश्राम क्षेत्रलाई नगरपालिकाको अनुमोदनमा अपनाएको छ। यसै अभियानको क्रममा यस क्षेत्रमा विशेष ध्यान दिइएको थियो, जहाँ विद्यार्थीहरूले झारपात हटाउने, मूर्तिहरू सफा गर्ने र रेलिङहरू रंगाउने काममा सक्रिय रूपमा संलग्न थिए।

कार्यक्रममा दार्जिलिङ नगरपालिकाका सरसफाइ कर्मचारीहरूलाई समुदायप्रति समर्पित सेवाको लागि कृतज्ञता प्रदान गरेर सम्मान जनाउने कार्य पनि गरिएको थियो। कार्यक्रमलाई नेचर क्लबका संयोजक डा. सुजता बराइली, एनसीसी एएनओ प्रा. ज्ञानश्री प्रधान, एनएसएस प्रभारीद्वय प्रा दिवाकर ठटाल र प्रा. प्रशान्त गुरूङ अनि हिलदारीका पदाधिकारीवर्गले नेतृत्व गरेका थिए।