गोरुबथान: धेरै समय अघिदेखि सामाजिक कार्यहरु गर्दै आइरहेको सामसिङ जनकल्याण संघले सामसिङ लोवर यङटङमा स्थित पेराडाइज इंग्लिस स्कुलको प्रेक्षालयमा एक जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो। यस कार्यक्रममा विशेष गरेर मानव बेचबिखन, बाल श्रम शोषण जुन हाम्रो समाजको जल्दोबल्दो समस्या बनेर गएको छ, सोही विषयमा रहेको थियो।

डुवर्स एक्सप्रेसमेलको संस्थापक राजु नेपाली यस कार्यक्रमका मुख्य अतिथी तथा वक्ता थिए। उनले आफ्नो वक्तव्यमा कसरी मानव बेचबिखन भइरहेको छ? यसका मूल कारणहरु के के हुन्?बताए।यस कार्यक्रममा अतिथिको रुपमा मेटली पन्चायत प्रधान शान्ति मानकी मुण्डा, ललित प्रधान, ध्रुव प्रधान, बलराम सार्की, कमल राणा, बिजय सार्की आदि रहेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकागण, स्थानीय मानिसहरु, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत भाषण सि. के. सार्कीले राखेका थिए भने सन्चालन सोहम वि्श्वले गरेका थिए। कार्यक्रममा ससाना नानीहरुले नृत्य प्रस्तुत गरेर कार्यक्रमको शोभा बडाएका थिए। सामसिङ जन कल्याण संघका अध्यक्ष सन्जयराज विश्वले यस कार्यक्रमको जानकारी दिदै यस कार्यक्रमले समाजमा जनचेतना आउने कुरोमा आशावादी रहेको बताए।