खरसाङमा शिवकुमार जन्म जयन्ती समारोह सम्पन्न हुने

IMG-20250423-WA0233

खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा गत वर्षहरुमा जस्तै यस वर्ष पनि शिवकुमार राई जन्म जयन्ती समारोह आयोजना गरिने भएको छ‌। आगामी २६ अप्रेल शनिवारको दिन शिवकुमार राईको १०७औं जन्म जयन्ती गोर्खा जनपुस्तकालय खरसाङको डा. पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न हुने भएको छ। उक्त कार्यक्रम गोर्खा जनपुस्तकालय खरसाङको अध्यक्ष रबीनकुमार प्रधानको अध्यक्षता र साहित्यकार एंव प्राध्यापक डा. बासुदेव पुलामीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ। कार्यक्रममा शिवकुमार राईको जीवनी र कृतिहरु विषयमा वरिष्ठ साहित्यकार एंव नाटककार पूर्ण गुरुङ ‘निरुपम’ ले वार्ता प्रस्तुत गर्ने भएको छ।‌ कार्यक्रममा खरसाङ क्षेत्रका महाविद्यालय, विद्यालयका विद्यार्थीहरु र विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहने गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव विनोद रसाइलीले विज्ञप्ति जारी गरी बताएका छन्। उनले उक्त शिवकुमार राई जन्म जयन्ती समारोहमा सबृलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। शिवकुमार राईको जन्म २६ अप्रेल सन् १९१९ मा सिक्किमको रिनांकमा भएको थियो भने उनले आफ्नो कर्मथलो खरसाङलाई बनाएका थिए‌। खरसाङमा गोर्खा जनपुस्तकालय खरसाङले शिवकुमार राईको सालिग पनि स्थापना गरेका छन्। त्यसबाहेक पनि उनको जीवनी र कृतिहरुलाई लिएर तीनवटा भागहरुमा शिवकुमार राई ग्रन्थावली प्रकाशित गरिसकेको छ। यसको साथमा गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा शिवकुमार राईको जन्म शतवार्षिकी समारोह वर्षव्यापी रूपमा राष्ट्रिय स्तरमा आयोजना गरिसकेको छ‌। गोर्खा जनपुस्तकालय खरसाङले वर्षभरि विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना गरिरहन्छन् भने यसै क्रममा शिवकुमार राईको जन्म जयन्ती समारोह पनि वार्षिक रुपमा आयोजना गर्दै आईरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement