अकबर अली
दुहबी: सुनसरिको दुहबी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र सीसीएसपी करुणा फाउन्डेशन नेपालको सहयोग मा दुहबी नगरपालिका भित्रका बिभिन्न वडागत आधारभुत स्वास्थ्य कार्यलयमा एकिकृत प्रजनन स्वास्थ्य रुग्घनता सम्बन्धी स्कृनिङ शिविर सुरु भएको छ। दुहबी ४ आधारभुत स्वास्थ्य सेवा केन्द्रमा एकिकृत स्कृनिङ सिबिर उद्घाटन गरि सन्चालन भएको छ।
महिलामा हुनेगरेका आङ खस्ने, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, अबस्ट्रेटिक फिस्टुला, बाझोपन लगायत समस्याको पहिचान, उपचार र निवारण गर्ने उदेश्यले दुहबी नगर पालिकाले यो शिबिर आयोजना गरेको छ। वडा अध्यक्ष मुस्तकिम मियाको अध्यक्षतामा आयोजित सिबिरमा प्रमुख अतिथि दुहबी नगर उप प्रमुख मेनुका खतिवडा, बीपी कोइराला इंस्टीट्यूट ऑफ हेल्थ साइंसेज (बीपीकेआईएचएस) का बरिष्ट स्त्री तथा प्रशुतिरोग बिषेशेज्ञ डा. सुर्य प्रसाद रिमाल, करुणा फाउन्डेशनका प्रतिनिधि, स्वास्थ्य शाखा दुहबीका प्रमुख बिन्देश्वर प्रसाद महतो, उचित नारायण शाह, लगाय्तको उपस्थित रहेको छ।
नेपालमा प्रत्यक बर्ष १७ हजार स्तन र पाठेघर क्यान्सरका कारण मृत्यु हुने महिलाको तथ्यांक छ्। दुहबी नगरपालिकामा हाल क्यान्सर पिडितहरुको सिफारिस लिन आउने हरेक ५८ जना मध्ये ५०% महिला स्तन र पाठेघर मुखको क्यान्सर पिडित रहेको हुदाँ बिगत भन्दा बिकराल स्थिति हुने देखिन आएकोले धरान घोपा स्थित बीपीकेआईएचएस सग समन्वयन गरि यो शिबिरको आयोजना गरेको स्वास्थ्य शाखा प्रमुखले बताए।
पाठेघर मुखको क्यान्सर सरुवा रोग भएको हुदाँ सुरुवाती चरणमै उपचार पाउदा १००% निको हुन सक्छ्। महिलाहरु लाज, शरम र पारिवारिक आर्थिक अभावका कारण रोग लुकाउने समस्या बढेको हुदाँ उनिहरुको जिउ धनको सुरक्षा गर्नु नगरपालिकाको दायित्व महसुस गरि यो कार्यक्रम को आयोजना गरिएको उपप्रमुख मेनुका खतीवडाले बताइन्।
घोपाका बरिष्ट स्त्री तथा प्रसुति रोग बिषेशेज्ञ डॉ. रिमालले हाल एसियाकै क्यान्सर निदान सम्बन्धि अब्बल रहेको घोपा धरानमा क्यान्सर सम्बन्धी सस्तो र सुलभ सेवा उपलब्ध हुनुका साथै महिलाको आङ खस्ने समस्या सम्बन्धी निशुल्क उपचार मात्रै हैन आउने जाने खर्च समेत अस्पतालले दिने गरेको बताए। उनले भने, ”मानविय सेवा भन्दा अर्को ठुलो धर्म केहि छैन, रोगि महिलासम्म यो खबर पुराइदिन आवश्यक छ।” सुरु भएको सिबिर दुहबी ४, ११ र १२ मा लगातार ३ दिन अर्थात बैषाखको तेस्रो सप्ताहसम्म चल्ने छ। भबिश्यमा हुन सक्ने ठुलो क्षेति रोक्न सिबिर आयोजना गरिएकोले रोग पहिचान भएका हरुको निशुल्क उपचार गरिने हुदाँ सबैले यो अवसरको सदुपयोग गर्न र स्वास्थ्य बिमाको भरपुर फाइदा लिन वडा अध्यक्ष मुस्तकिम मियाले वडाबासीलाइ अनुरोध गरेका छन्।
ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खतीवडाले भौतिक पुर्वाधार निर्माणको काम सगै जनस्वास्थ्यको समेत सुलभ स्वास्थ्य सेवा प्रवाह गरिने बताइन्। अघिल्लो बर्ष दुहबी नगरपालिकाले सन्चालन गरेको स्कृनिङ शिविर बाट ७२१ जनाले सेवा लिएका थिए भने १६ जना संक्रमित र २ जनाको घाउ समेत पाइएका थिय। हाल संक्रमितहरुले निशुल्क उपचार लिदै आएका र उनीहरुको सुधारात्मक अबस्थामा छ।










