विकेट बचाउने केकेआर-को रणनीतिलाई अचम्भको बताए एरोन फिञ्चले

IMG-20250422-WA0316

नयाँ दिल्ली: अष्ट्रेलियाई टी२० टीमका कप्तान एरोन फिञ्चले आईपीएल-को म्याचमा गुजरात टाइटन्सले दिएको १९९ रनको लक्ष्यलाई पीछा गर्दै कलकत्ता नाइट राइडर्स (केकेआर) ले अप्नाएको ब्याटिंग रणनीतिलाई अचम्भको बताएका छन्। मेगा लिलामीमा २३.७५ करोड़ रुपियाँमा बिक्री हुने भेंकटेश अय्यर म्याचमा १९ बलमा केवल १४ रन बनाएर आउट भए। अय्यर आउट हुँदा केकेआरको स्कोर ११.३ ओभरमा ३ विकेटमा ८४ रन थियो अनि जरूरी रन रेट १३ रन प्रति ओभरभन्दा माथि पुगिसकेको थियो। फिञ्चले भने, उनीहरूसँग ९ जना ब्याटर थिए। यसैकारण टीमले शुरुदेखि नै आक्रामक मिजास देखाउने आशा थियो, जसले रन रेट लक्ष्यको नजिक या त्यसभन्दा माथि रहने थियो। यस्तो गरे पछिबाट विकेटको पतन हुँदा पनि जीतको सम्भावना रहने थियो तर केकेआरको रणनीति शुरुदेखि नै खराब रह्यो। दश ओभरपछि त केकेआरको निम्ति म्याच समाप्त भइसकेको थियो। उल्लेखनीय छ, केकेआरको निम्ति अंगकृष रघुवंशी नवौं नम्बरमा ब्याटिंग गर्न ओर्लिएका थिए। फिश्चले भने, केकेआर केवल विकेट बचाउने प्रयासमा थियो जबकि टीममा ९ जना ब्याटर रहेका थिए। मलाई त उनीहरूले १६० रन बनाएर नै खुशी हुने प्रयास गरिरहेको जस्तो लाग्यो। यो एउटा भयावह ब्याटिंग प्रदर्शन थियो। केकेआरका ब्याटरहरूले म्याच जित्ने प्रयास नै गरेनन्। यस्तो रणनीतिको साथ म्याच जित्न सकिँदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement