देन्ताममा साप्ताहिक धार्मिक कार्यक्रमको तयारी

IMG-20250422-WA0327

गेजिङ: आस्था, भक्ति र आध्यात्मिक चेतनाको अद्वितीय संगमको आयोजन देन्ताम बजारको काजीटारमा हुने भएको छ। यसअवसरमा श्रीमद्भागवत महापुराण संगीतमय सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। यस बिषयलाई लिएर आज आयोजक समितिका अध्यक्ष महकुमा अधिकारी एनके कार्की, सल्लाहकार डीएन शेर्पा अनि सचिव माहादेव शर्माको अगुवाइमा एक पत्रकार सम्मेलन उक्त जानकारी गराइयो। सिक्किमका सुप्रसिद्ध युवा भागवतवाचक पं. नारायण घिमिरेकोले सप्ताहभरि चल्ने कथावाचन कार्यक्रममार्फत श्रद्धालु भक्तजनलाई धर्म, भक्ति र जीवनोपयोगी शिक्षाबारे जानकारी गराउनेछन्। २३ अप्रेलमा आभ्युदयिक श्रद्धाबाट शुरु हुने कार्यक्रम २४ अप्रेलमा मण्डप पूजा, कलश यात्रा र कथावाचनबाट शुरु हुनेछ। ३० अप्रेलसम्म कथावाचन र भक्तिसंगीत आयोजन गरिने जानकारी पनि दिएको छ। कार्यक्रममा समष्टि बिधायक सुदेशकुमार सुब्बा, अध्यक्ष एनके कार्की लगायत अन्यको सहभागिता थखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement