गान्तोक: महिला, बाल, वरिष्ठ नागरिक र दिव्याङजन कल्याण विभागको पहलमा नामथाङको मानेडाँडा ग्राम पञ्चायत यूनिटमा पोषण पखवाडा कार्यक्रम आयोजना गरियो। कार्यक्रममा जिल्ला पञ्चायत इन्दिरा कुमारी छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने पञ्चायत अध्यक्ष गीता शर्मा, उपाध्यक्ष नोर्जे लेप्चा लगायत अन्यहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि जिल्ला पञ्चायत छेत्रीले आँगनवाढी केन्द्रका कर्मचारीहरू र सहयोगीहरूले गरेको कामको खुलेर प्रशंसा गर्दै समाजलाई माथि उठाउनुको सामुहिक सहभागिता जरुरी बन्ने इल्लेख गरिन्। विभागीय प्रतिनिधि लक्ष्मण तामाङले नानीहरू जन्मिएदेखि एक हजार दिनसम्मको जीवन अति नै संवेदनशील हुने र यसको प्रभाव उनीहरूको स्वास्थ्य विकासमा पर्ने बताए। यसै क्रममा सहनिर्देशक सोफिया लेप्चाले नानीहरूको जीवनमा पोषणको महत्वबारे जानगारी गराउँदै नानीहरूलाई कुपोषणको शिकार हुनबाट बचाउनको निम्ति पौष्टिक आहारको अति नै आवश्यक रहेको जानकारी गराइन्। यस अवसरमा पौष्टिक आहारहरूको प्रदर्शनी पनि राखिएको थियो।