राजधानीमा जलापूर्तिको समस्या बुझ्न मन्त्री पुगे रातेचु जलस्रोत

IMG-20250422-WA0325

गान्तोक: बर्खाको समयमा हुने पानीको समस्यालाई ध्यानमा राख्दै आज पीएचई विभागीय मन्त्री सोनाम लामा लगायत विभागका अधिकारीहरुको एक टोलीले सेलेप ट्याङ्कीदेखि बुलबुले र रातेचु जलस्रोतको निरीक्षण गरे। आम मानिसहरूलाई पानीको आपूर्ति सहजसँग गर्न सकियोस् भन्ने ध्येय राखेर निरीक्षण गरिएको हो। यस अवसरमा टोलीले गान्तोकमा देखापरेको पिउने पानीको समस्यालाई केन्द्र गर्दै समस्या कहाँबाट उत्पन्न हुँदैछ त्यसबारे जायजा लिन निरीक्षण गरिएको अदिकारीहरुले बताए। एमजी मार्ग, देवराली र तादोङमा केही दिनयता पिउने पानीको समस्या देखेपछि मन्त्रीले प्रभावित क्षेत्रहरूको भ्रमण गर्दै स्थानीय पार्षदहरूसंग अन्तर्क्रिया गरेका हुन्। यसबीच पार्षदहरु डिकी लेप्चा र सन्दीप मालु पनि निरीक्षणमा सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement