संसदीय समितिका सदस्यहरू गरे नथुलाको भ्रमण

IMG-20250422-WA0323

गान्तोक: हाल सिक्किम राज्यको आधिकारिक भ्रमणमा रहेको लोकसभाको अधीनस्थ कानून सम्बन्धी संसदीय समितिका सदस्यहरूले आज पूर्व सिक्किमको भारत-चीन सिमाना नथुलाको भ्रमण गरे। यस अवसरमा राज्यका लोकसभा सांसद इन्द्र हाङ सुब्बाको पनि विशेष उपस्थिति रहेको थियो। उल्लेखनीय छ, सासंद मिलिन्द देवराले अध्यक्षतामा रहेको यस समितिको हालको हालको सिक्किम भ्रमण सीमा कर्मचारी मामिला र क्षेत्रीय सुरक्षा मामिलाहरूमा समितिको संलग्नताको एक महत्वपूर्ण भाग हो।
आजको नथुलालाई भ्रमणलाई भारती सेनाका ब्रिगेडियर अमित शर्माले गरेका थिए। उनले भ्रमणअवधि उनले नथुला क्षेत्रको रणनीतिक महत्वमाथि प्रकाश पारे। यसरी नै कप्तान ऋषभ चौहानले नथुला सीमामा वर्तमान जमीनको अवस्था र क्षेत्रको ऐतिहासिक प्रासङ्गिकता बारे जानकारी गराए। उनले नथुला घाटीमा भारती सेनाको वीरता र राष्ट्रभक्तिका कथाहरू पनि सुनाए। यसै अवसरमा समितिका सदस्यहरूले बाबा मन्दिरको पनि भ्रमण गरे।
पछि छाङ्गुस्थित भारतीय सेनाको सम्मेलन कक्षमा एउटा उच्चस्तरीय बैठक बस्यो। बैठकमा ड्रोन तक्निकीका विज्ञहरू, भारतीय सेनाका अधिकारीहरू, भारतीय सेनाका अधिकारीहरू र समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा रक्षा क्षमता र निगरानी प्रणालीको विकासमा ड्रोन प्रविधिहरूको सम्भावनामाथि चर्चा गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement