जसप्रीत बुमराह र स्मृति मन्धनालाई विज्डन सर्वश्रेष्ठ क्रिकेटरको सम्मान

IMG-20250422-WA0274

नयाँ दिल्ली: विज्डन क्रिकेटर्स अल्मनाकले भारतीय क्रिकेटर स्मृति मन्धना र जसप्रीत बुमराहलाई साल २०२४-को निम्ति विश्वका सर्वश्रेष्ठ क्रिकेटर चयन गऱ्यो। साल २०२४-को निम्ति विज्डन क्रिकेटर्स अल्मनाकले भारतीय महिला क्रिकेट टीमकी ब्याटर स्मृति मन्धना र पुरुष क्रिकेट टीमका पेस बलर जसप्रीत बुमराहलाई विश्वका सर्वश्रेष्ठ क्रिकेट चयन गऱ्यो। बुमराहले २०२४-मा १४.९२-को औसल र 30-को स्ट्राईक रेटले ७१ टेस्ट विकेट लिए। यसको साथमा उनले भारतलाई टी२० वर्ल्ड कप च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। बोर्डर गावस्कर ट्रफीमा पनि उनले १३.०६-को औसतले ३२ विकेट हासिल गरे। यसरी महिला वर्गमा मन्धनाले गत वर्ष तीनैवटा प्रारूपहरू टी२०, वनडे र टेस्ट म्याचहरूमा १६५९ रन बनाइन्। यसको साथै उनले अन्तर्राष्ट्रिय क्रिकेटको एक क्यालेण्डर सालमा सर्वाधिक रन बनाउने रेकर्ड पनि आफ्नो नाम गरिन्। यस उपलब्धिलाई दुईपल्ट हासिल गर्ने मन्धना एकमात्र भारतीय महिला खेलाड़ी हुन्। गत वर्ष उनले ४ वटा वनडे शतक र दक्षिण अफ्रिकाविरुद्ध एउटा टेस्ट शतक (१४९ रन) बनाइन्। उनले वनडे इण्टरनेशनलमा ७४७ र टी२० इण्टरनेशनलमा ७६३ रन बनाइन्। यसको साथमा उनले रोयल च्यालेञ्जर्स बेंगलुरुलाई महिला प्रीमियर लीग च्याम्पियन बनाउनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement