खरसाङ क्षेत्रमा अनिवार्य रुपमा नेपाली भाषामा साइन बोर्डहरु लगाउन युवा शक्तिद्वारा १० दिनको समय

IMG-20250422-WA0263

खरसाङ: जीटीए क्षेत्रका सरकारी, गैर सरकारी कार्यालय अनि दोकान पाटहरूमा नेपाली भाषामा साइन बोर्ड लगाउनु पर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष एवं जीटीए कार्यपाल अनित थापाको निर्देशनमा खरसाङ महकुमा युवा शक्तिको सभापति प्रेबेन्द्र गुरुङको नेतृत्वमा खरसाङमा‌ पनि पहल शुरु गरिएको छ। यस कार्यमा खरसाङ महकुमा युवा शक्ति अनि खरसाङ शहर समितिको संयुक्त आयोजनामा खरसाङ बजारका सम्पूर्ण व्यपारीवर्गलाई नेपाली भाषामा लेखिएको साईन बोर्ड आगमी दश दिनभित्र लगाउनु पर्ने युवा शक्तिले जानकारीसँगै निवेदन गरेको छ।


प्रेबेन्द्र गुरूङको नेतृत्वमा निकालिएको युवा शक्ति सदस्यहरूले हात हातमा नेपाली भाषामा लेखिएको (पाम्प्लेट) पर्चा अनि सरकारी आदेश पत्रसँगै युवा शक्तिको निवेदन पत्र लिएर शहरका प्रत्येक व्यापारी वर्गसम्म पुगे अनि आगामी दश दिनभित्रमा नेपालीमा साइन बोर्ड लगाउनु पर्ने निवेदन गरे।

यस कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेबेन्द्र गुरुङ र खरसाङ टाउन कमिटीकोे कार्यवाहक सभापति बन्धन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement