खरसाङ: २७औं पश्चिम बंगाल राज्य कराँते च्याम्पियनशीप २०२५ यस वर्ष गत १८ देखि २० अप्रेलसम्म दिल्ली पब्लिक स्कूल सिलगढीको सहकार्यमा आयोजना गरिएको थियो। यसमा पश्चिम बंगालका सबै जिल्ला र 79 विद्यालयहरुका १४०० सहभागीहरूले भाग लिएका छन्। राज्य कराते च्याम्पियनशीप दार्जिलिङको स्पोर्ट्स कराते-डो एसोसिएसनद्वारा आयोजना गरिएको थियो र कराते एसोसिएसन अफ् बंगालद्वारा आयोजित गरिएको थियो। कराते एसोसिएसन अफ बंगालका अध्यक्ष तथा च्याम्पियनशीपका प्रमुख अतिथि हनशी प्रेमजित सेनले कार्यक्रमको उद्घाटन गरेका थिए। यसमा सैन्य अधिकारी कर्नल गुरजन्त सिंह कार्यक्रमका सम्मानित अतिथि थिए जसले सहभागीहरूलाई शारीरिक फिटनेस गतिविधिहरू र आत्मरक्षा सिक्न प्रोत्साहित गरे। श्री एकेडेमीका प्राचार्य नरेन्द्र थोटा, कराते एसोसिएसन अफ बंगालका महासचिव हनशी जयदेव मण्डल र
अन्तर्राष्ट्रिय तथा आर्मीबक्सर सोमबहादुर पुन कार्यक्रमका विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए। हालैका सिनियर नेशनल्समा अत्यन्तै राम्रो प्रदर्शन गर्ने पश्चिम बंगाल राज्यका विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाण पत्रले सम्मानित गरिएको थियो।

च्याम्पियनशीपमा पहिलो, दोस्रो र तेस्रो स्थान हाँसिल गर्न सफल विद्यार्थीहरूलाई जुन महिनामा आयोजना हुने पूर्वी क्षेत्र कराते च्याम्पियनशीपमा पश्चिम बंगाल राज्यको प्रतिनिधित्व गर्न छनोट गरिएको छ।

‘स्पोर्ट्स कराते-डो एसोसिएशन अफ् दार्जिलिङ जिल्ला’ का अध्यक्ष र महासचिव शिहान अनिल राई र सेन्सेई सन्दीप गोर्खा प्रधानले यस राज्य कराते च्याम्पियनशीपलाई ठूलो सफलता हासिल गर्न सहयोग र प्रोत्साहनको लागि कराते एसोसिएसन अफ् बंगाल र दिल्ली पब्लिक स्कूल, सिलगढी र विद्या भारती फाउन्डेसनको व्यवस्थापनप्रति कृतज्ञता व्यक्त गरेका छन्।