२५ मीटर पिस्टल स्पर्धामा समरनप्रीतले जितिन् रजत पदक

IMG-20250422-WA0215

नयाँ दिल्ली: भारतीय शूटर सिमरनप्रीत कौर बरारले महिलाहरूकी २५ मीटर पिस्टल स्पर्धामा रजत पदकको साथ आफ्नो पहिलो सीनियर अन्तर्राष्ट्रिय पदक जितिन् जबकि पेरिस ओलम्पिककी दोहोरो शतक विजेता मनु भाकर चाहिँ पेरुको लीमामा जारी आईएसएसएफ वर्ल्ड कपमा चौथो स्थानमा रहिन् अनि पदक जित्नदेखि चुकिन्। भारतकी २० वर्षीय सिमरनप्रीतले १० ऱ्यापिड फायर सीरीजमा ३३ हिट लगाइन् अनि उनी चीनकी सुन युजीभन्दा केवल एक शट् पछि रहिन्, जसले यस स्पर्धामा लगातार दोस्रो वर्ल्ड कप स्वर्ण पदक जितिन्। चीनकी अन्य एक शूटर याओ कियानशुनले २९ हीटको साथ काँस्य पदक जितिन्। प्रतियोगितामा यो भारतको चौथो रजत पदक हो। भारतले दुईवटा स्वर्ण र एउटा काँस्य पदक पनि जितेको छ।
ब्यूनस आयर्समा भएको गत वर्ल्ड कपमा रजत पदक जित्ने ईशा सिंह छैटौं स्थानमा रहिन्। पहिलो सीरीजपछि चीनकी खेलाड़ी शीर्ष स्थानमा पुगिन् जबकि भारतीय शूटरहरूले दोस्रो सीरीजदेखि मात्र फर्म हासिल गरिन्। छैटौं सीरीजमा मनु र सिमरनप्रीतले ५-५ शट् लगाइन् जबकि ईशाले ४ पल्ट सही निशाना लगाइन्। त्यसपछि मनु, ईशा र जर्मनीकी डोरेन वेनकेम्पबीच शूटअफ भयो। ईशा सबैभन्दा पहिला बाहिर भइन्। त्यसपछि मनुले दोस्रो शूटअफ-मा डोरेनलाई पछि छोड़ेर शीर्ष ४-मा स्थान बनाइन्। अघिल्लो सीरीजमा चाहिँ १ पोइण्टले पछाड़िएर मनु स्पर्धाबाट बाहिर भइन्। यसअघि मनु, मिश्रित टीम पिस्टल वर्ल्ड च्याम्पियन ईशा र सिमरनप्रीतले फाइनलमा स्थान सुनिश्चित गरेकी थिइन्। मनु ५८५ पोइण्ट्सको साथ क्वालीफाईंगमा दोस्रो स्थानमा रहिन् जबकि सिमरनप्रीतले ५८० पोइण्ट्सको साथ पाँचौं स्थान हासिल गरिन्। यसरी ईशाले ५७५ पोइण्ट्सको साथ आठौं तथा अन्तिम स्थानमा रहेर फाइनलको निम्ति क्वालीफाई गरेकी थिइन्। यसअघि मनु २० मीटर एयर पिस्टल स्पर्धामा पनि स्वर्ण पदक जित्नदेखि चुकेकी थिइन्। युवा शूटर सुरुचि इन्दर सिंहले मनुलाई पराजित गरी लगातार दोस्रो स्वर्ण पदक जितेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement