गिल-सुदर्शनको आईपीएलमा छैटौं शतकीय पार्टनरशीप

IMG-20250422-WA0207

नयाँ दिल्ली: आईपीएल २०२५-मा गुजरात टाइटन्सका शुभमन गिल र साई सुदर्शनको ओपनिंग जोड़ीले असाधारण प्रदर्शन गरिरहेको छ। यस जोड़ीले ६ वटा शतकीय पार्टनरशीप गरेर सबैलाई प्रभावित गरेको छ अनि उनीहरूसँग यस रेकर्डमा लगातार सुधार गरी इतिहास रच्ने मौका रहेको छ। आईपीएलको इतिहासमा सर्वाधिक शतकीय पार्टनरशीपको रेकर्ड विराट कोहली र एबी डीभिलियर्सको जोड़ीको नाममा रहेको छ। यस जोड़ीले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-को निम्ति १० पल्ट शतकीय पार्टनरशीप गरेका छन्, जुन आईपीएलको इतिहासमा सर्वाधिक हो। यस सूचीमा दोस्रो स्थानमा पनि विराट कोहली नै छन्। कोहली र क्रिस गेलको जोड़ीले ९ वटा शतकीय पार्टनरशीप गरेको छ, जुन दोस्रो सर्वाधिक हो। कोहली-फाफ डू प्लेसिस र शिखर धवन- डेविड वार्नरको जोड़ीले पनि ६-६ वटा शतकीय पार्टनरशीप गरिसकेको छ। सूचीमा सामेल अन्य उल्लेखनीय जोड़ीहरूमा केएल राहुल र मयंक अग्रवाल (५), अभिषेक शर्मा र ट्रेविस हेड (४), राहुल र गेल (४) तथा रुतुराज गायकवाड़ र डेवोन कन्वे (४ वटा शतकीय पार्टनरशीप) सामेल छन्। आईपीएल २०२५-मा गिल र साई सुदर्शनको ओपनिंग जोड़ीले ८ वटा ईनिंग्समा ४४८ रन बनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement