काेलकत्ता: गत च्याम्पियन कलकत्ता नाइट राइडर्स (केकेआर)-ले सोमवार राति आफ्नो होम ग्राउण्ड ईडन गार्डन्समै गुजरात टाइटन्सविरुद्ध ३९ रनले हारको सामना गर्नु पऱ्यो। यो केकेआर-को ८ वटा म्याचमा पाँचौं हार हो। म्याच हारेपछि निराश केकेआर-का कप्तान अजिंक्य रहाणेले भने, मेरो विचारमा १९९ रनको लक्ष्यलाई हासिल गर्न सकिन्थ्यो कारण हामीले बलको साथ असाधारण पुनरागमन गरेका थियौं। यसबाहेक १९९ रनलाई पीछा गर्दा तपाईंले आफ्ना ब्याटरहरूबाट असल शुरुवातको आशा गर्नु हुन्छ तर यस पूरा टुर्नामेण्टमा हामीले यहीँ संघर्ष गरिरहेका छौं। यस विकेटमा १९९ रनको लक्ष्य हासिल गर्न सकिन्थ्यो। हामीले असल बलिंग गऱ्यौं तर हाम्रो ब्याटिंगमा कमी रह्यो। यस गल्तीबाट हामीले द्रुत शिक्षा लिएर अघि बढ़्नु पर्नेछ। विकेट सामान्य धीमा थियो तर विपक्षी टीमलाई २०० रनभित्र राख्न सके असल हुने हाम्रो सोच थियो। हामी यहाँको परिस्थितिहरूसँग अवगत छौं तर हामीले ठीकसँग ब्याटिंग गर्नु पर्नेछ। हामीलाई ब्याटको साथ असल शुरुवात प्राप्त भइरहेको छैन अनि बीचका ओभरहरूमा पनि हामीले असल ब्याटिंग गर्नु जरूरी छ। यसैकारण हामी अहिले संघर्ष गरिरहेका छौं।
रहाणेले भने, ठूलो लक्ष्यलाई पीछा गर्दा टीमलाई ओपनिंग ब्याटरहरूबाट असल शुरुवातको आशा हुन्छ। हामीले एउटा ब्याटिंग एकाईको रूपमा यसमा सुधार गर्नु पर्नेछ। मलाई आफ्नो बलरहरूसँग कुनै नालिश छैन। यसबाहेक फील्डिंग एउटा यस्तो क्षेत्र हो जसलाई एउटा टीमको रूपमा हामी नियन्त्रित गर्न सक्छौं। मैदानमा फील्डिंग गर्दा १०-१५ रन बचाउन सके टीमलाई फाइदा हुन्छ। एउटा ब्याटिंग एकाईको रूपमा तपाईंले साहसी र सकारात्मक मानसिकता अप्नाउनु पर्छ। यो केवल समयको कुरा हो कारण हामीसँग मध्यक्रममा असल गुणवत्ता भएको ब्याटरहरू रहेका छन् अनि म उनीहरूलाई पूरा समर्थन गर्छु।