कुचबिहार: कुचबिहारको शीतलकुचीमा भाजपाको ऱ्यालीलाई केन्द्र गरेर उतप्तको माहौल सृजना भएको छ। प्राप्त जानकारीअनुसार आगामी १३ सेप्टेम्बरको दिन भाजपाको नवान्न अभियानलाई केन्द्र गरेर आज भाजपाका नेता, कर्मचारीहरूले शीतलकुचीमा एउटा ऱ्याली निकालेको थियो। उक्त ऱ्यालीमा बमद्वारा आक्रमण गरेको तृणमूल विरुद्ध अभियोग उठेको छ। उक्त घटनाले इलाकामा उत्तेजनाको माहौल देखापर्यो। घटनाको खबर पाएर विशाल पुलिस वाहिनी घटनास्थलमा पुगे। भाजपा कार्यकर्ताहरूले पुलिससित झगडा गरेको आरोप रहेको छ। भाजपा नेतृत्वहरूको आरोपअनुसार चोर धरो जेल भरो कार्यक्रम अन्तर्गत आज भाजपाले एउटा ऱ्याली निकालेको थियो भने पुलिसले उक्त ऱ्यालीलाई अघि बढ्न दिएन। यसपछि तृणमूलका दुष्कृतिहरूले उक्त ऱ्यालीमाथि बमद्वारा आक्रमण गरेको बताइएको छ। अर्कोतिर, भाजपाद्वारा लगाइएको सबै आरोपहरू झुटो रहेको तृणमूलले दावी गरेको छ। भाजपाले बाहिरका मानिसहरू ल्याएर अशान्ति फैलाउने प्रयास गर्नको साथै भाजपाका मानिसहरूले नै बमद्वारा आक्रमण गरेको तृणमूलले उल्टै आरोप लगाएको छ।