पुरूष अनि महिला बक्सिङ प्रतियोगिता

IMG_20220911_224750.jpg

नाम्ची: आजदेखि तीन दिनव्यापी तेस्रो बीएफआई इस्ट जोन इलाईट पुरूष अनि महिला बक्सिङ प्रतियोगिता नाम्चीमा शुरू भएको छ। यस प्रतियोगिताको आयोजना सिक्किम एमेचुअर बक्सिङ एसोसिएशनको सहयोगमा नाम्ची जिल्ला बक्सिङ एसोसिएशनले गरिरहेको छ।
उल्लेखनीय छ, राष्ट्रियस्तरीय यस प्रतियोगितामा सिक्किम, पश्चिम बङ्गाल, असम र मेघालयका खेलाडीहरूले सहभागिता जनाएका छन्। आजको कार्यक्रममा शहरी विकास एवं आवास विभागका मन्त्री एलबी दास मुख्य अतिथि रहेका थिए। विशिष्ट अतिथिको रूपमा विधायक राजकुमारी थापाको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै विधायक राजकुमारी थापाले यस प्रतियोगिताको आयोजना देखेर भविष्यमा सिक्किमबाट पनि मेरीकोमहरू जन्मिने विश्वास जागेको बताइन्। मुख्यमन्त्री पीएस तामाङको नेतृत्वमा सिक्किमले खेलको क्षेत्रमा विकास गरिरहेको उनले बताइन्। उनले मानिसहरूको जीवनमा खेलको महत्त्वमाथि पनि प्रकाश पारेकी थिइन्।
कार्यक्रममा सिक्किम एमेचुअर बक्सिङ एसियोसेसनका अध्यक्ष जसलाल प्रधानले पनि सम्बोधन गरेका थिए। यस अवसरमा विधायक फरवन्ती तामाङ, आयोजक समितिका प्रमुख संरक्षक एवं नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, पार्षदगण आदिको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement