पश्चिम बंगालका राज्यपाल आनन्द बोस अस्पताल भर्ना

IMG-20250421-WA0271

कोलकाता: पश्चिम बंगालका गभर्नर सीवी आनन्द बोसलाई मुटु सम्बन्धी समस्याका कारण कोलकाताको कमाण्ड अस्पतालमा भर्ना गरिएको छ। छाती दुखेको गुनासो गरेपछि उनलाई अस्पताल लगिएको राजभवनका अधिकारीहरूले बताएका छन्। मुख्यमन्त्री ममता बनर्जी राज्यपालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी थिइन्। उपचारको सन्दर्भमा, उनलाई अन्य कुनै मेडिकल सेन्टरमा सार्ने बारेमा पनि विचार भइरहेको छ।
मुर्शिदाबाद गएर पीडितहरूलाई भेटे:
गभर्नर सीभी आनन्द बोसले विगत केही दिनदेखि हिंसा प्रभावित जिल्लाहरूको निरीक्षण गरिरहेका छन्। हालै उनले मुर्शिदाबादको अशान्त क्षेत्रहरूको भ्रमण गरे र त्यहाँ पीडितहरूलाई भेटे। यसअघि उनी मालदा पनि गएका थिए। मुर्शिदाबाद भ्रमण गरेपछि, राज्यपालले त्यहाँको अवस्थालाई ‘अस्वभाविक र क्रूर’ भनेर वर्णन गरे।
मानिसहरूले प्रणालीमाथि विश्वास गुमाउँदैछन्:
यसपछि, राज्यपाल बोसले फेरि एक पटक तृणमूल कांग्रेसमाथि तीव्र आक्रमण गरे। उनले भने कि जनताले शासन प्रणालीमाथि विश्वास गुमाउँदै गएका छन्। पहिले चुनावको समयमा मात्र हिंसा देखिन्थ्यो, अहिले यो सामान्य अवस्था बनेको छ। एउटा समुदाय वा समूहले आफ्नो शक्ति अरूमाथि लाद्न खोजिरहेको छ, जुन अतिवादी राष्ट्रवादको सबैभन्दा खतरनाक रूप हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement