ताप्लेजुङमा तीर्थयात्री बोकेको जीपमा आगलागी

IMG-20250421-WA0265

चार जनाको मृत्यु, दुई जनालाई उपचारका लागि काठमाडौं पठाइयो

भद्रपुर: ताप्लेजुङको पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लागेर घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ।
ललितपुर महानगरपालिका क्षेत्र १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्यलाई उपचारका लागि काठमाडौं ल्याउँदैछ।
जिल्लामा प्रारम्भिक उपचारपछि दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदैछ। यसका लागि काठमाडौंबाट ताप्लेजुङका लागि हेलिकप्टर प्रस्थान गरेको छ। यो जानकारी कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले दिएका हुन्।
प्रहरीका अनुसार सबिना र उनको छोरा खतरामुक्त छन्।
आज बिहान सदरमुकाम फुडलिङबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको १ सीएच ३०११ नम्बरको बोलेरो जीप फुडलिङ नगरपालिका-१० स्थित सेवारो चोकमा रहेको बिजुलीको पोलमा झुण्डिएको तारमा अल्झिएको थियो। जसका कारण आगलागी भयो।
यस घटनामा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० की सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, भद्रपुर महानगरपालिका ८ झापाका ७० वर्षीया विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक दुर्गा भट्टराई, ताप्लेजुङ फुडलिङ महानगरपालिका १० का ४२ वर्षीया अन्दाजी रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement