मुम्बई इण्डियन्सद्वारा जीतको ह्याट्रिक

IMG-20250421-WA0002

मुम्बई: आईपीएल २०२५-को ३८औं म्याचमा मुम्बई इण्डियन्सले चेन्नई सुपर nकिंग्स (सीएसके)-लाई सजिलैसँग ९ विकेटले पराजित गऱ्यो। यो मुम्बईको लगातार तेस्रो जीत हो अनि यसको साथै टीम ८ वटा म्याचमा ८ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको छैटौं स्थानमा पुग्यो। यसरी दशौं स्थानमा रहने सीएसके-सँग केवल ४ पोइण्ट्स रहेको छ। आइतवार वानखेड़े स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै सीएसके-ले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनायो। चौथो नम्बरमा ओर्लिएर रविन्द्र जडेजाले अविजित ५३ रन बनाए। उनले ३५ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। यसरी इम्प्याक्ट प्लेयर शिवम दुबेले ३२ बल खेलेर ४ वटा छक्का र २ वटा चौकाको साथ ५० रन बनाए। यसबाहेक आयुष म्हात्रेले ३२ रनको योगदान दिए। एमएस धोनी ४ रन बनाएर आउट भए। मुम्बई इण्डियन्सका बलरहरूमा जसप्रीत बुमराहले सर्वाधिक २ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले २६ बल बाँकी रहँदै ऱ्यान रिकेलटनको रूपमा एकमात्र विकेट गुमाएर १७७ रन बनाएर म्याच जित्यो। रिकेलटनले २४ रन बनाए। प्लेयर अव् द म्याच रहने रोहित शर्माले इम्प्याक्ट प्लेयरको रूपमा खेल्दै सर्वाधिक ७६ रन बनाए। उनले ४५ बल खेलेर ६ वटा छक्का र ४ वटा चौका लगाए। रोहितले सूर्यकुमार यादवसँग दोस्रो विकेटको निम्ति ५४ बलमा ११४ रनको म्याच जिताउने पार्टनरशीप गरे। सूर्यकुमारले ३० बलमा ६ वटा चौका र ५ वटा छक्काको साथ अविजित ६८ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement