गान्तोक: सेन्ट्रल पाण्डाम निवासी ज्योतिषी कमल प्रसाद सोपकोटालाइ अन्तर्राष्ट्रीय विकिरण चिकित्सा विज्ञान र वैदिक ज्योतिष अनुस्धान फाउण्डेशनद्वारा ज्योतिष शिरोमणि शीर्षकमा वैश्विक प्रेरणा पुरस्कारले सम्मानित गरिएको छ। पुरस्कार समारोहको आयोजन जबलपुर मध्यप्रदेशमा गरियो। आयोजित राष्ट्रीय वार्षिक सम्मेलन अवधिमा पुरस्कार प्रदान गरियो। जहाँ देशका विभिन्न राज्यका सैकड़ौं प्रतिनिधिहरु उपस्थित थिए। जबलपुरका विधायक अशोक रोहानीद्वारा पुरस्कार र सम्मान प्रदान गरियो। यो पुरस्कार ज्योतिष क्षेत्रमा खगोल विज्ञान, ज्योतिष, वैदिक संस्कृति, वास्तु विज्ञान, जर्मोलॉजी, विकिरण र नवाचारमा अनुसन्धान र विकासमा उनको सराहनीय सेवाको लागी प्रदान गरिएको हो।