सिकुनको विशेष बोर्ड बैठक बस्यो

IMG-20250420-WA0371

पाकिम: सिक्किम राज्य सहकारी संघ (सिकुन) को बोर्ड बैठक आज सम्पन्न भयो। आसमलिङजेस्थित सिकुनको सम्मेलन कक्षमा बसेको सो बैठकले महत्वपूर्ण विषयहरुमाथि छलफल गरेको छ। बैठक सिकुन अध्यक्ष डा. मंगलजीत राईको अध्यक्षतामा भएको हो। बैठकमा बोर्ड सदस्यहरु एचबी गुरुङ, हेमन्त दाहाल, अनिल कृष्ण नेपाल, सानु भोटिया, कल्पना गुरुङ, छेडुप लेप्चा र छिरिङ डोमा भोटिया उपस्थित थिए। सिकुनका मुख्य कार्यकारी अधिकारीले उपस्थित सबै सदस्यहरूलाई बैठकबारे जानकारी गराए। त्यसपछि अध्यक्ष राईले सिकुनको पूर्वाधारहरु क्वार्टर, निर्देशक क्वार्टर र आसमलिङजेस्थित प्रशासनिक भवनबारे प्रकास पारे। केही पूर्वाधारहरु सिक्किम राष्ट्रिय कानून विश्वविद्यालयलाई भाड़ामा दिने विषयमाथि जानकारी गराए। बोर्ड सदस्यहरूले छलफलमा सक्रिय रूपमा भाग लिँदै सुझावहरू राखेका थिए। छलफलले राज्यमा शैक्षिक कार्ययोजनाहरूलाई प्रवर्द्धन गर्न सिकुनको पूर्वाधारको प्रयोगमाथि विचार साझा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement