गान्तोक: राज्यसभा सांसद एवं संसदीय स्थायी समितिका सदस्य मिलिन्द देउरा आठ दिवसीय भ्रमणको निम्ति आज सिक्किम आइपुगेका छन्। सांसद देउराको नेतृत्वमा स्थायी समितिका सदस्यहरू पनि आज सिक्किम आइपुगेका हुन्। उक्त टोलीले आगामी २६ अप्रेलसम्म सिक्किमको विभिन्न स्थानको भ्रमण गर्दै विभिन्न विषयमा समीक्षा गर्नेछन्। सिक्किम आगमनको क्रममा प्रतिनिधि टोलीलाई स्टेट ब्यांक अफ् इण्डिया कोलकत्ताका मुख्य महाप्रबन्धक सत्येन्द्र कुमार सिंहको टोलीले सिक्किमको प्रवेशद्वारा रम्फूमा स्वागत जनाए।