वन विभागको खेलकुद मीट २०२५ को समापन

IMG-20250420-WA0365

गान्तोक: सिक्किम सरकतारको वन तथा पर्यावरण विभागद्वारा आयोजित स्पोर्ट्स मीट २०२५ को समापन आज भयो। यसअवसरमा विभिन्न खेल गतिविधिहरु समावेश गरिएका थिए। राजधानीस्थित पाल्जोर स्टेडियममा समापन भएको कार्यक्रममा राज्य सरकारका कृषि विभागीय मन्त्री पूरण गुरूङ मुख्य अतिथिकोरूपमा उपस्थित थिए। यसअतिरिक्त विधायक तेञ्जिङ नोर्वु लाम्ठा, एसटीसीएसका अध्यक्ष साम्डुप छिरिङ भोटिया विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठको अवसरमा आयोजित यस कार्यक्रममा राज्यका ६ वटा जिल्लाबाट कूल सातसय भन्दा अधिक खेलाडीहरूले विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए। उल्लेखनीय छ, गत १८ अप्रेलदेखि शुरू भएको तीन दिवसीय कार्यक्रम आज समापन भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement