पाकिम: पाकिम जिल्लाको कार्थोक आर्चेरी खेल मैदानमा सम्पन्न भइरहेको २३औं मुख्यमन्त्री कम्पाण्ड आर्चेरी गोल्प कप प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल आज सिच्छे माबेरिक्स बनाम टीएसी नाम्चीबीच सम्पन् भयो। तेस्रो क्वाटरफाइनल प्रतियोगितामा सिच्छे माबेरिक्सले २३ को विरूद्ध ५२ अङ्क हासिल गरेर सेमीफाइनलमा प्रवेश गरेको छ। उक्त प्रतियोगितामा सिच्छे मावेरिक्सका खेलाडी ग्याल्छेन ड्र्क्पालाई म्यान अफ् द म्याच घोषित गरियो। सोही प्रकारले पारम्पारिक डार्टको दोस्रो सेमिफाइनलमा गोनाम फेवाले कार्लिङ बोयजलाई ६०-३२ अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। यसरी नै दोस्रो खेल लाटुक बनामा यावा बोयजबीच सम्पन्न भएको थियो जसमा यावा बोयजले ५२-३४ को अंक हासिल गर्दै जीत हासिल हासिल गरेको छ। यस अवसरमा सामाजिक कार्यकर्ता लाक्पा मोक्तान मुख्य अतिथिकारूपमा उपस्थित थिए। क्षेत्र विधायक पामिन लेप्चा, जिल्ला पञ्चायत अध्यक्ष लाडेन ल्हमू भोटिया विशिष्ट अतिथि थिइन्। सिक्किम भारतको एक अभिन्न अंग बनेको ५०औं वर्षको अवसरमा पाकिम जिल्ला आर्चेरी एसोसिएशन र जिल्ला प्रशासन केन्द्रले प्रतियोगिता आयोजन गरेको हो। यसको उद्देश्य नशामुक्त भारत अभियान र नशामुक्त सिक्किम अभियानलाई सफल पार्नु रहेको छ।









