गान्तोक: बेग्लोरमा आयोजित रोड्स एण्ड ट्रान्सपोर्ट सेक्टर मन्थन कार्यक्रममा राज्यका सडक एवम पुल विभाग मन्त्री सादुप लेप्चाले सहभागिता जनाए। गत ८-९ सेप्टेम्बरको दिन आयोजित दुई दिवसीय कार्यक्रममा मन्त्री लेप्चा लगायत विभागका अन्य अधिकारीवर्गले पनि सहभागिता जनाएका थिए।उक्त कार्यक्रममा केन्द्रीय मन्त्री नितिन गढकरी मुख्य अतिथिकोरूपमा उपस्थि रहेका थिए भने सम्पन्न भएको कार्यक्रममा केन्द्रीय राज्य मन्त्री डा. भीके सिंह लगायत अन्य केन्द्रीय मन्त्रीगणको पनि उपस्थिति रहेको थियो।

सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री साम्दुप लेप्चाले सिक्किम राज्यलाई निरन्तर सहयोग प्रादन गरेकोमा केन्द्रीय मन्त्री नितिन गढकरी लगायत अन्यहरूलाई धन्यवाद दिए। केन्द्र सरकारको सहयोगको कारण नै आज सिक्किम राज्यको सडक व्यवस्थामा केही सुधार आएको उनले बताए।तर राष्ट्रीय राजमार्ग सुव्यवस्थित नभएको कारण सिक्किम राज्यले पर्यटन क्षेत्रमा धेरै समस्या भोग्न परिरहेको पनि उनले अवगत गराए। उनले मल्लीदेखि सिङतामसम्मको निम्ति बैकल्पिक सडक निर्माण गर्नु पर्ने माग राखे।