मिरिक: भारतीय गोर्खा प्रजातांत्रिक मोर्चाका युवा शक्ति उपाध्यक्ष अनुप गदालले पार्टीको मेरुदण्ड युवाहरू रहेको भन्दै युवाहरुलाई पार्टीको बैचारिकीसित जोड्न हरेक पहल गरिरहेका छन। गदालले जिटिए क्षेत्रभरिका युवाहरुमा स्वच्छ राजनितिको बिचारधारा बोजारोपण गर्ने प्रयास गरिरहेका छन। मिरिक महकुमाभित्र पर्ने चारवटा समष्टि अन्तर्गतका क्षेत्रहरुमा उनीले हाल युवाहरुसित भेट गरि युवाहरुको बिचार बुझिरहेका छन। यस्तोमा आज मिरिक महकुमा क्षेत्रमा युवा शक्तिहरुलाई अझ सशक्त पार्न हेतु २४ नम्बर समष्टिका अध्यक्ष तथा सभासद मिलेस राईको नेतृत्वमा रहेका युवा प्रतिनिधिहरूसंगको भेटघाट गर्दै पार्टीको सैद्धान्तिक पक्षमाथि विमर्श गरे। यसका साथै युवा संगठनलाई अझ बलियो बनाउन कस्ता रणनीति तयार गर्न सकिन्छ भन्नेमा पनि व्यापक छलफल भएको थियो। युवा संगठनको गतिबिधिको जायजा पनि उनीले लिए।