नयाँ कमिटी गठन
खरसाङ: शेर्पा एसोसिएसन खरसाङकाे वार्षिक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङको शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग शेर्पा गुम्बामा दावा शेर्पाकाे अध्यक्षतामा भयो। सभालाई छेडुप शेर्पाले सञ्चालन गरेका थिए। सभाको थाल्नी धर्म गुरुहरुबाट पूजा पाठ गरेर शुरुआत गरियो। सभामा स्वागत सम्भाषण दावा शेर्पाले राखेका थिए भने हाल सचिवकाे पदमा रहेका नर्बु शेर्पाले समाजको अहिलेसम्म गरिएको कार्यहरुबारे जानकारी गराए। सभामा विशेष रुपमा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिकाे सभासद श्याम शेर्पा एवम् एसोसिएसनको सचिव महानदी ग्राम पञ्चायतकाे प्रधान पासाङ शेर्पा, धर्म गुरुजन खेम्पो पासाङ दावा, लामा ग्याल्बो, लामा निमा साथै गुम्बा कमिटीकाे पदाधिकारीगण अध्यक्षा पुर्णिमा शेर्पा, उपाध्यक्षा मिङमा लमु शेर्पा, सचिव दावा लमु शेर्पा, सह सचिव लमु शेर्पा अनि अन्यकाे उपस्थिति रहेको थियो। सभाले पुरानो कमिटी विघटन गरेर सर्व सम्मतिले नयाँ कमिटी गठन गरिएको छ।

उक्त नयाँ कमिटीमा सल्लाहकार सभासद श्याम शेर्पा, पासाङ ढेण्डुप शेर्पा, पूर्ण रिजनल म्यानेजर एसबीआई, पासाङ शेर्पा महानदी ग्राम पञ्चायत प्रधान, नर्बु शेर्पा हनेरी मेजर अवकाशप्राप्त सैनिक पासाङ शेर्पा अवकाशप्राप्त कस्टम अधिकारी, खेम्पो दावा पासाङ साथै सभापति दावा शेर्पा, कार्यवाहक अध्यक्ष कर्म शेर्पा, उपाध्यक्ष पूर्णिामा शेर्पा, सचिव नर्बु शेर्पा, सह सचिव सानु शेर्पा अनि पूर्णिामा शेर्पा, कोषाध्यक्ष रतन शेर्पा, सह कोषाध्यक्षा कोन्जे शेर्पा आदि सर्वसम्मतिले चयन गरिएको छ।

सभामा विशेष सभासद श्याम शेर्पा, पासाङ शेर्पा पञ्चसयत प्रधान महानदी, सानु शेर्पा, नर्बु राजेन शेर्पाले आ-आफ्नो वक्तव्य राखेका थिए भने सभाकाे सभापति दावा शेर्पाले आफ्नो वक्तव्य साथै सबै सबैलाई धन्यवाद ज्ञापन गरेर सभा बर्खास्त गरियो भनी समाजको प्रचार प्रसार सदस्यले जानकारी गराएका छन्।