तीनधारेमा नि:शुल्क स्वास्थ्य जाँच सम्पन्न

IMG-20250420-WA0277

खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिको आयोजनामा आईतबार नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। उक्त नि:शुल्क जाँच शिविर तीनधारेको क्रिकेट बजारस्थित बाल संघमा सम्पन्न भएको छ। उक्त स्वास्थ्य जाँच शिविरमा आँखा जाँच, र आँखा सम्बन्धी तीन प्रकारका औषधिहरू वितरण गरिएको छ‌ त्यसरी नै ग्यास, एलर्जी, खुट्टा दुखाई, सर्दी, ज्वरो आदिको औषधिहरु पनि वितरण गरिएको छ‌। शिविरमा सुगर, ब्लड प्रेसर, प्रेसर आदिको जाँच पनि गरिएको छ‌ उक्त स्वास्थ्य जाँच शिविरमा डा सेक जाकीर हुसेन र सहयोगी अनु दर्जी उपस्थित रहेका थिए। यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा तीनधारे र वरिपरि क्षेत्रका जम्मा ६० जना मानिसहरुले स्वास्थ्य जाँच गराएका छन्‌।

यस शिविरमा एक १०१ वर्षीय बोजुले पनि स्वास्थ्य जाँच गराएका छन् भनी ग्राम कल्याण समिति क्रिकेट बजारको सचिव सञ्जीव मंगरले जानकारी गराएका छन्।

About Author

Advertisement