सोनादामा क्रामाकपा दार्जिलिङ आञ्चलिक समितिको सभा सम्पन्न

IMG-20250420-WA0276

सोनादा: क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी दार्जिलिङ आञ्चलिक समितिको सभा सोनादास्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा क्रामाकपा दार्जिलिङ आञ्चलिक समितिको सभापति कृष्णवीर राईको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आञ्चलिक समितिको सचिव उद्भव खनाल, क्रामाकपा केन्द्रीय कमिटीको संगठन प्रमुख शेखर छेत्री, केन्द्रीय महासचिव नर्बु लामा लगायत अन्यहरु उपस्थित रहेका थिए। यसै सभामा भाषा संग्रामी एमबी गुरुङको सुपुत्रलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै क्रामाकपा दार्जिलिङ आञ्चलिक समितिको सचिव उद्भव खनाल र सभापति कृष्णवीर राईले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले सभामा विभिन्न सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्‌‌। यसमा आगामी १ मईको दिन मई दिवस सबै आञ्चलिक समितिको जोनल क्षेत्रहरुमा पालन गरिने भएको छ। त्यसरी नै चियाबारीमा‌ ५ प्रतिशत पर्जापट्टाको कुरालाई क्रामाकपाले घोर विरोध जनाउने र श्रमिकहरुले प्रयोग गर्दै गरेको जमीन प्रयोग गर्न नपाउने साथै‌ बन्द रहेको चियाबारीहरुलाई मालिकले झट्टै खोलाएर श्रमिकहरुले पाउनु पर्ने सहुलियतहरु पाउनु पर्ने क्रामाकपाको मांग रहेको बताएका छन्। त्यसरी नै ३१३ शिक्षकहरु विषयमा बोल्दै क्रामाकपाले अवैध शिक्षकहरु नियुक्तिको घोर विरोध गर्दछ भनी बताएका छन्‌। दुवैले शिक्षक नियुक्तिमा प्रक्रिया पुराएर गरिएको नियुक्ति र सही शिक्षकहरु छन् भने क्रामाकपाको समर्थन रहनेछ तर अवैध शिक्षकहरु नियुक्तिको घोर विरोध जनाउँछ भनी बताएका छन्‌। सभामा त्रिपक्षीय वार्ता विषयमा पनि चर्चा परिचर्चा गरिएको जानकारी गराउँदै गत दिनको त्रिपक्षीय वार्ता‌मा क्रामाकपाको तर्फबाट केन्द्रीय अध्यक्ष जेबी राई उपस्थित रहेको र क्रामाकपा छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा रहेको अनि बंगालबाट अलग हुने अन्य कुनै दह्रिलो माध्यमप्रति पनि स्वीकार्य हुने तर त्यो २०२६ को चुनाव अघि सबै हुने जानकारी गराएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement