हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टि जोनल कमिटीको सांगठनिक सभा सम्पन्न

IMG-20250420-WA0267

हामीले चियालाई सुधार गर्नु हो भने सिस्टममा आएर सठीक रुपमा कानुनभित्र रहेर काम गर्नुपर्छ‌: तिलचन्द्र रोका

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीको आयोजनामा घैयाबारीमा एक सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा तीनधारे महानदी समष्टिको जोनल कमिटीको सभापति गणु छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ‌‌। सभालाई तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले सञ्चालन गर्दै स्वागत सम्भाषण पनि राखेका थिए‌‌। सभामा तीनधारे महानदी समष्टिको जोनल कमिटी अन्तर्गत पर्ने १२ वटा नव गठित कमिटीको सभापति सचिवहरुलाई खदार्पणसहित स्वागत जनाइएको छ‌। यसै सभामा जोनल कमिटीको तर्फबाट हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समितिको कानुनी सल्लाहकार एंव पर्यवेक्षक तिलचन्द्र रोका, केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, केन्द्रीय उपाध्यक्ष राजेन प्रधान र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पर्यवेक्षक प्रमाण रसाईली आदिलाई सम्बर्ध्दना पनि जनाइएको छ। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले आफ्नो सम्बोधनमा चियाको बुट्टा हाम्रो गहना हो र यो हाम्रो पहाडको गहना हो जुन हुनु नै पर्छ र यसलाई हामीले जोगाउनुपर्छ भनी बताएका छन्। उनले अब प्रत्येक आईतबार समष्टिमा सभा हुने र आगामी मई महिनामा खरसाङमा‌ युनियनको प्रतिनिधिहरुलाई लिएर दुई दिवसीय सेमिनारको आयोजना गरिने जानकारी गराएका छन्। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय
केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधानले युनियनलाई कतिपय सुझाव सल्लाहहरु राखेका थिए भने सभामा आफुलाई सम्मान जनाएकोमा खुशी व्यक्त गर्दै आफुले सकेसम्म युनियनलाई सघाउने तथा सकेसम्म साथ र सहयोग गर्ने वचन दिएका छन्।
सभालाई मुख्य वक्ताको रुपमा बोल्दै केन्द्रीय कानुनी सल्लाहकार एंव पर्यवेक्षक तिलचन्द्र रोकाले चिया भनेको दार्जिलिङ पहाडको अर्थको ब्याक बोन हो भनी बताउँदै पहाडमा 58 हजार चियाबारी श्रमिकहरु रहेको र चियाले नै सरकारलाई पचास प्रतिशत रोजगारी दिने गरेको जानकारी गराएका छन्‌‌। उनले आफ्नो सम्बोधनमा भने, अहिले बगानमा काम गर्नेहरु छैनन् भन्दै बगानमा श्रमिकहरु अवकाशप्राप्त भएपछि काम गर्नेहरु हुँदैनन्। अहिले समय परिवर्तन भएको छ। त्यसको मुख्य कारण अर्थ नै हो। अब हाम्रो चियाबारी क्षेत्रलाई सही बनाएर लानुपर्छ‌।‌ ट्रेड युनियन भनेको एकको लागि सबै र सबैको लागि एक हो।‌ट्रेड युनियन गर्दा चियाको क्षेत्रलाई कसरी अघि पर्छ त्यो राम्रोसितले बुझ्नुपर्छ। यदि हामीले चियाको क्षेत्रलाई राम्रोसँग सुधार गर्नु हो भने सिस्टममा आएर सठीक रुपमा कानुनमा आएर काम गर्नुपर्छ‌। हामीले ट्रेड युनियनको वास्तविक क्षमता के हो त्यो राम्रोसित बुझ्नुपर्छ।’
तिलकचन्द्र रोकाले अघि भने, बीस प्रतिशत बोनस हाम्रो अधिकार होइन तर ८.५ प्रतिशत अधिकार हो र अरु नेगोसिएशन हो। ट्रेड युनियनको नेताहरु एकदमै सक्षम हुनुपर्छ तर भावनामा आएर मात्र काम गरेर हुँदैन। तर कानुनी रुपमा सही तरिकाले काम गर्नुपर्छ।’


सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीको सभापति गणु छेत्रीले आफ्नो अध्यक्षीय सम्बोधनमा सबैलाई धन्यवाद दिएका छन्। यस सांगठनिक सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टि अन्तर्गत १२ वटै युनिट कमिटीको सभापति सचिवहरु लगायत भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उप सभापति राजु लामा, धिरेन प्रधान, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, युवा शक्तिको समष्टि सभापति केवल राई, पञ्चायत समिति सदस्यहरु अनिरा तामाङ, कुसाङ लामा, पञ्चायत सदस्य अनिल तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement