उत्तर बंगालकी सुश्मिता, अञ्जु र सुप्रियाको उत्कृष्ट प्रदर्शन, ईष्ट बेंगल च्याम्पियन

IMG-20250420-WA0184

काेलकत्ता: ईष्ट बेंगलले इण्डियन वूमन्स लीग (आईडब्ल्यूएल) २०२४-२५-को खिताब जित्यो। काेलकत्ताको क्लब ईष्ट बेंगलको प्रतिनिधित्व गर्दै उत्तर बंगालकी तीनजना महिला फूटबलर अञ्जु तामाङ, सुश्मिता लेप्चा र सुप्रिया किसपोट्टाले उत्कृष्ट प्रदर्शन गरिन्। बीरपाड़ाकी अञ्जु तामाङ लामो समयदेखि सीनियर राष्ट्रिय टीममा रहेकी छन्। यसरी कालेबुङकी सुश्मिता र माटिधर टी स्टेटकी सुप्रियाले पनि गत केही सालदेखि राष्ट्रिय स्तरमा लगातार असल प्रदर्शन गरिरहेकी छन्।

आईडब्ल्यूएल २०२४-२५ सीजनमा ईष्ट बेंगल १४ वटा म्याचमा ३७ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेर च्याम्पियन भयो। यसरी गोकुलम २९ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement