चितुवाको आक्रमणमा चिया श्रमिक घाइते

Chhetriya-Samachar-2

जलपाइगढी: जलपाइगढी जिल्लाको भांडीगुड़ी चिया बगानको सेक्शन नम्बर ६०-माचितुवाको आक्रमणमा परी एकजना चिया श्रमिक गम्भीर रूपमा घाइते भए।घाइते श्रमिकको नाम लाइनका निवासी झुटुंग उराँव (४०) हो जो करला हाे।प्राप्त जानकारीअनुसार, सदा जस्तै सबै श्रमिकहरू शनिवार बिहान पनि काम गरिरहेका थिए। अचानक सेक्शन नम्बर ६०-मा पत्ती टिपिरहेका श्रमिक झुटुंगमाथि चितुवाले आक्रमण गऱ्यो। झुटुंग चिच्याएको सुनेर अन्य श्रमिकहरू घटनास्थला पुग्यो जसलाई देखेर चितुवा भाग्यो। पछि घाइते झुटुंगलाई पहिला जलपाइगढी मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ प्राथमिक उपचार गरिएपछि सुपर स्पेशियलिटी अस्पतालमा रेफर गरियो। हाल झुटुंगको उपचार भइरहेको छ। घटनापछि क्षेत्रमा भय व्याप्त भएको छ। वनकर्मीहरूले घटनास्थला पुगेर पेट्रोलिंग गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement