जयपुर: आईपीएल २०२५-को ३६औं म्याचमा लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-ले राजस्थान रोयल्सलाई २ रनले पराजित गऱ्यो। सवाई मानसिंह स्टेडियममा शनिवार टस जितेर पहिला ब्याटिंग गर्दै एलएसजी-ले २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो। एडन मार्करमले ४५ बलमा सर्वाधिक ६६ रन बनाए। उनले ५ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक आयुष बदोनीले ५ वटा चौका र एउटा छक्काको साथ ३४ बलमा ५० रन बनाए। अब्दुल समदले ईनिंग्सको अन्तिम ओभरमा ४ वटा छक्काको साथ १० बलमा अविजित ३० रन बनाए। आज मिचेल मार्श (४ रन), निकोलस पूरन (११ रन) र कप्तान रिषभ पन्त (३ रन)-ले अधिक योगदान दिन सकेनन्। राजस्थानका बलरहरूमा वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए। त्यसपछि १८१ रनको लक्ष्यलाई अघि राखेर खेल्दै राजस्थान रोयल्स एक समय जीतको नजिक पुगिसकेको थियो। यशस्वी जयसवाल र वैभव सूर्यवंशीको ओपनिंग जोड़ीले ८.४ ओभरमा ८५ रनको पार्टनरशीप गरे। आईपीएलमा पदार्पण गर्ने सबैभन्दा कम्ती उमेर (१४ साल २३ दिन)-का खेलाड़ी वैभवले ३ वटा छक्का र २ वटा चौकाको साथ २० बलमा ३४ रन बनाए। वैभव आउट भएपछि पनि यशस्वीले टीमलाई एक समय जीतको नजिक पुऱ्याइसकेका थिए तर एलएसजी-का पेस बलरहरूले पनि असाधारण पुनरागमन गर्दै राजस्थानको हार सुनिश्चित गरे। जयसवालले ५ वटा चौका र ४ वटा छक्काको साथ ५२ बलमा ७४ रन बनाए। राजस्थान रोयल्सलाई अन्तिम ३ ओभरमा जीतको निम्ति २५ रनको अवश्यकता थियो अनि हातमा ८ विकेट रहेको थियो तर टीमले अन्तमा १७८ रन मात्र बनाउन सक्यो। कप्तान रियान परागले ३ वटा चौका र २ वटा छक्काको साथ ३९ रन बनाए। एलएसजी-का बलरहरूमा अवेश खानले सर्वाधिक ३ विकेट लिए।