गान्तोक: गेजिङ जिल्लामा एक महिलासँग यौन अपराध गरेर भागेका आरोपी पुलिसको पञ्जामा पऱ्यो। गत केही दिन अघि अजय कुमार नामक एक युवकले एक महिलासँग दुष्कर्म गरेपछि भागेका थिए। पुलिसले उनको खोजी सोही दिनदेखि गर्दै आइरहेको थियो। गेजिङ पुलिसको सक्रियतामा आरोपीको मोबाइलको लोकेसनलाई पछ्याउँदै उत्तर प्रदेशको जाम गाउँबाट पक्राउ गरेको छ। आरोपीको मूल घर उत्तर प्रदेश रहेको पनि पुलिसले जानकारी गराएको छ। अपराध गरेपछि आरोपी केही दिनसम्म भूमिगत रहेका थिए तर पुसिलले उनको मोबाइलको लोकेसन थाह पाएपछि उत्तर प्रदेस पुगेर पक्राउ गर्न सफल बनेको छ। आरोपीलाई हाल गेजिङ थानामा ल्याएर केरकार गरिरहेको छ भने उनीविरूद्ध आइपीसीको धारा ३७६ अन्तर्गत गत ५ अगस्तको दिन मुद्दा दर्ता गरिएको थियो।