गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुरले आज बिहान वारणसीको विश्व प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पुगेर पूजा-अर्चना गरे। यसक्रममा राज्यपालले राज्यबासीको सुख, शान्ति, कल्याण र देशबासीको हितमा प्रार्थना चढ़ाए। यसबीच राज्यपालले काशी विश्वनाथ मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नरहेर सास्कृतिक सम्पदाको प्रतिक रहेको बताए। यस अवसरमा राज्यपाल माथुरले कालभैरवी मन्दिरको पनि भ्रमण गरे। उनका साथमा राजभवनका सचिव जितेन्द्र सिंह राजेलगायत अन्य अधिकारीहरू पनि सामेल थिए।