एसकेएम पार्टीको सदस्यता नवीनीकरण अभियान युद्धस्तरमा

IMG-20250419-WA0286

गान्तोक: सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको केन्र्दीय कार्यकारी समिति सदस्यता नवीनीकरण कार्य युद्धस्तरमा भइ रहेको छ। यसक्रममा आज राजधानीस्थित पार्टी मुख्यालयमा पुगेका सोरेङ र गेजिङ जिल्लाका पार्टी पदाधिकारीहरूले सीईसी नवीकरण गरेका छन्। आज सीईसी सदस्यता नवीकरण गर्नेहरूमा एसकेएम पार्टीका बरिष्ठ उपाध्याक्ष तथा सोरेङ अनि गेजिङ जिल्ला प्रभारी आरबी सुब्बा लगायत अन्य धेरैजना सामेल रहेका थिए। पार्टी मुख्यालयका महासचिव पवन गुरूङले पदाधिकारीहरुको सदस्यता नवीकरण प्रमाणपत्र हस्तान्तरण गरेका थिए। यस अवसरमा पार्टीकी जनसम्पर्क सचिव जुनु छेत्री र संयुक्त सचिव पंकज गिरी पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement