गान्तोक: पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत रिनाक अरिटारमा चित्रकला प्रतियोगिता सम्पन्न भयो। कार्यक्रमको आयोजन सरस्वती विद्या निकेतनले विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई एकै ठाउँमा ल्याएर जीवन्त चित्रकला प्रतियोगिता आयोजना गरेको हो। कार्यक्रमको उद्देश्य रचनात्मकता, कलात्मक अभिव्यक्ति र पारिवारिक सहभागितालाई प्रोत्साहित गर्नु थियो। यस अवसरका समाजसेवी हरिप्रसाद प्रधान मुख्य अतिथि थिए। उनले सहभागीहरूलाई सिर्जनात्मक कार्यमा संलग्नता देखाउने र त्यसमाथि अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए। कार्यक्रममा प्रधान अध्यापक रजित प्रधानले प्रतियोगिताको उद्देश्यमाथि जानकारी गराए। उऩले स्कूलका समर्पित शिक्षकहरूको भूमिकाको खुलेर सराहना गरे। विद्यार्थीहरूले रंगीन कलाकृति मार्फत आफ्नो कलात्मक प्रतिभा प्रदर्शनी गरे। यसमा अभिभावकहरू पनि सामेल भए। कार्यक्रम सबैका लागि ज्ञानवर्द्धक र आकर्षक बनेको थियो। प्रतियोगितामा सबै उमेर समूहले सक्रिय सहभागिता दिएका थिए। प्रतिभावान विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै पहिलो र दोस्रो स्थान हासिल गर्नेहरूलाई पुरस्कार प्रदान गरिएको थियो। अन्य सहभागीहरूलाई प्रोत्साहन र प्रशंसाको प्रतीकको रूपमा सान्त्वना पुरस्कार प्रदान गरियो।