भारतीय हकीमा रहेको प्रतिभाहरू देखेर खुशी प्रशिक्षक क्रेग फुल्टन

IMG-20250419-WA0268

नयाँ दिल्ली: राष्ट्रिय च्याम्पियनशीपमा युवा खेलाड़ीहरूका प्रदर्शनले प्रभावित भारतीय पुरुष हकी टीमका मुख्य प्रशिक्षक क्रेग फुल्टनले शनिवार देशको हकीमा निक्कै गहिराई रहेको अनि मजबूत बेञ्च स्ट्रेन्थ भएको टीम बनाउन आउँदो १८ महिना महत्त्वपूर्ण रहने बताए। फुल्टनले हालै समाप्त भएको राष्ट्रिय च्याम्पियनशीपको अवधि भारतको क्षेत्रीय प्रतिभाहरूलाई हेर्ने र बुझ्ने मौका पाए। फुल्टनले भने, हामीले आफ्नो मजबूतीमा जोर दिँदा म्याच निक्कै नजिकको रह्यो। भारतीय हकीमा निक्कै गहिराई छ। विशेषगरी गोलकीपिंग र अन्य केही क्षेत्रहरूमा प्रतिभाको कमी छैन अनि असल संकेत हो। ती खेलाड़ीहरूलाई चिन्नु पनि उत्साहजनक रह्यो, जसले पहिला लीगमा हिस्सा लिएका थिएनन्। क्षेत्रीय टीमहरूका प्रदर्शनमाथि प्रतिक्रिया व्यक्त गर्दै मुख्य प्रशिक्षकले विजेता पञ्जाबको मजबूत पक्ष अन्तर्राष्ट्रिय खेलाड़ीहरूका उपस्थिति रहेको जबकि शीर्ष चार टीमहरूले समग्रमा असल सन्तुलन र गुणवत्ताको प्रदर्शन गरेको बताए।
उनले भने, प्रत्येक टीम अन्य टीमहरूभन्दा अलग थियो। उदाहरणको निम्ति पञ्जाबको टीम अन्तर्राष्ट्रिय खेलाड़ीहरूका साथ ओर्लिएको थियो, जसले उनीहरूलाई फाइदा भयो। यसबाहेक शीर्ष चार टीमहरूमा प्रतिभाको असल सन्तुलन थियो। फुल्टनले एशिया कप चक्रको निम्ति एउटा नयाँ कोर ग्रुप गठनको सन्दर्भमा उनको ध्यान खेलाड़ीहरूका उमेरमाथि नभएर विशिष्ट भूमिकाहरूका निम्ति सही खेलाड़ीहरू खोज्नेमा रहेको बताए। उनले भने, यो केवल अधिक युवाहरूलाई टीममा ल्याउने कुरा होइन। यो उचित भूमिकाहरूका निम्ति सही खेलाड़ीहरू पहिचान गर्नेसँग सम्बन्धित छ। हामी चाँड़ै एउटा अभ्यास शिविरको आयोजन गर्न गइरहेका छौं जसमा ५४ जना खेलाड़ीले हिस्सा लिनेछन्। त्यसबाट ४० खेलाड़ीहरूका कोर ग्रुप तयार गरिनेछ। हामी खेलको प्रत्येक विभागमा मजबूती चाहन्छौं। आउँदो १८ महिना बेञ्च स्ट्रेन्थ भएको टीम बनाउन महत्त्वपूर्ण हुनेछ। उनले अझ भने, हामी यस्ता खेलाड़ी चाहन्छौं जो म्यान टू म्यान र डिफेन्स दुवैविरुद्ध बललाई प्रभावी तरिकाले मूभ गराउन सक्छन्, बुद्धिमत्ताको साथ विरोधी टीममाथि दबाउ बनाउन सक्छन् अनि दबाउको परिस्थितिमा टीमलाई बाहिर निकाल्न सक्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement