मिरिक: गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत सबै स्थानहरूमा नेपाली भाषामा साइन बोर्डहरु अनिवार्य रुपमा गर्नु पर्ने भन्दै युवा शक्ति मिरिक महकुमा समितिले शनिबार मिरिक युवा आवासमा एउटा सभा गरेको छ। मिरिक पञ्चायत समिति, ग्राम पञ्चायतमा निर्वाचित सदस्यहरू, युवा कार्यकर्ताहरू, हाेटल ब्यावसायी, मिरिक ब्यावसायी संगठनका प्रतिनिधिहरू आदिकाे उपस्थितिमा भएकाे सभामा मिरिक पञ्चायत समितिका चेयरम्यान कैलास खवास, युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस ताेलाङ्गी, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले,भागाेप्रमाे केन्द्रीय सदस्य हेमकुमार तामाङ, ग्राम पञ्चायत प्रधानहरू शर्मिला राई, स्वेच्छा तामाङ, मिरिक ब्यावसाय संगठनका अध्यक्ष साैराज गाेले, सचिव एसबी गजमेर, अरूण करूवा, मिरिक नगरपालिकाका प्रतिनिधिहरू आदि उपस्थित थिए। नेपाली भाषा हाम्रो मौलिख पहिचान हो भन्ने विश्वासका साथ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गतका सबै होटेल, कार्यालय, पसल तथा अन्य व्यावसायिक स्थलहरूमा नेपाली भाषामा साइन बोर्ड अनिवार्य रूपमा राख्नु पर्ने विषयमा युवा शक्तिको अगुवाईमा एक विशेष सभा सम्पन्न गरिएकाे भागाेप्रमाे मिरिक महकुमा युवा शक्त अध्यक्ष उमेस ताेलाङ्गीले जानकारी गराएका छन्। उनले भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई उद्देश्य बनाएर गरिएको यस पहललाई सभामा सहभागीहरूबाट सहमती मिलेकाे बताए। सभामा सहभागी व्यवसायीहरूले विभिन्न स्थानहरूमा अंग्रेजी वा अन्य भाषामा मात्रै साइन बोर्ड प्रयोग हुँदा नेपाली भाषाको महत्व ओझेलमा परेको भन्दै यस्तो अवस्थालाई अन्त्य गर्नु पर्नेमा जोड दिए। युवा शक्तिका पदाधिकारीहरूले एक महिनाभित्र प्रत्येक व्यापारिक तथा सार्वजनिक स्थलहरूमा अनिवार्य नेपाली भाषामा साइन बोर्ड लगाइदिने अनुराेध गरेका छन्।