खरसाङ: केही दिन अघि खरसाङको कटलेरी रोडमा गएको पैह्रो जीटीएद्वारा मरमत्तिको कार्य शुरु गरिएको छ। गत १५ अप्रेल मंगलबारकाे दिन पानीले खरसाङको कटलेरी रोडमा रहेको सन्त अल्फन्सेस प्राथमिक पाठशाला छेउमा ठूलो पैह्रो गएर कटलेरी रोड नै बन्द भएको थियोे। खरसाङ नगरपालिकाको वार्ड नम्बर ३ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरु र क्षेत्रीय सभासद श्याम शेर्पाको पहल अनि जीटीए चिफ् अनित थापाको पहलमा आजदेखि उक्त पैह्रोकाे मरमत्तिको कार्य थालिएको छ। आज विशेष वार्ड नम्बर ३ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे प्रतिनिधिहरु डिम्पल लामा, झुमा राणा लेप्चा, करुणा, डोरथी गुरुमा, गाउँ-घर र समाजको प्रतिनिधिकाे उपस्थितिमा विधिवत पूजा पाठ गरेर मरमत्ति कार्यकाे थाल्नी गरियो। प्रथममा पैह्रो गएकाे क्षेत्रबाट माटो ढुंगामुढा हटाएर ठीक ठाउँदेखि देवल लाउने कार्य हुने विभागले जानकारी गराएको छ। यसको साथै वार्ड नम्बर २ टेकवीर बस्तीमा पनि नालाको कार्यकाे शुरुआत भएको छ।

उक्त कार्य सभासद् श्याम शेर्पा, समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, वार्ड नम्बर २ नारी शक्ति अध्यक्षा पुष्प गुरुङ, वीरवल पाख्रिन र अन्य पदाधिकारीगणकाे उपस्थिति थियो भने सिँचाई विभागकाे एई जितेन्द्र दर्नाल, एसएई सुनिता लामा उपस्थित भई विधिवत पूजापाठ गरेर कार्यकाे थाल्नी गरिएको जानकारी प्राप्त भएको छ।