दार्जीलिङ: हिमालयन क्रिश्चियन सङ्गठनले शनिवार दार्जीलिङमा ईष्टर र गुड फ्राइडे पालन गरेको छ। यस अवसरमा चौरास्ता परिसरबाट आरम्भ गरिएको रैलीले दार्जिलिङ शहर परिक्रमा गर्दै चोक बजार पुगेर सभामा परिणत भयो। बडा दिन तथा क्रिसमसपछि ठूलो रुपमा पालन गर्दै आएको ईष्टर गुड फ्राइडे-को अवसरमा हिमालयन क्रिश्चियन सङ्गठनको पक्षबाट सभापति पास्टर मोजेस मंग्रातीले क्रिश्चियन धर्मावलम्बीलगायत पहाडवासीलाई येशु ख्रीष्टको नाउँमा शान्ति अनि प्रेमको शुभकामना सन्देश दिएका छन्। अर्कोतिर सचिव पास्टर जोहन विश्वासले हिमालयन क्रिश्चियन सङ्गठनको अन्य सामाजिक कार्यकलापबारे जानकारी गराएका छन् यस अवसरमा दार्जिलिङको चोक बजारको सभामा गीत, भजन, प्रार्थना अनि बाईबलबाट सन्देशहरू प्रचार गरिएको जानकारी प्राप्त भएको छ।