एसएसबीको सहयोगमा सुरक्षित निकाल्न सफल
दार्जिलिङ: सन्दकफुबाट मानेभञ्ज्याङ गईरहेको एक लेण्डरोभर शनिबार बिहान लगभग ११:१५ बजीतिर दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ। घटना अनुसार एउटैा वाहन सन्दकफुबाट मानेभञ्ज्याङ जाने क्रममा तुम्लिङ फाटकदेखि गैसीबासतर्फको लगभग डेढ किलोमीटर दुरीमा दुर्घटनाग्रस्त भई बाटोमुनि खसेको थाहा लागेको छ भने वाहनमा तक्निकी गडबडीको कारण दुर्घटना भएको प्रारम्भिक रिपोर्टमा बताइएको छ।

दुर्घटनाको खबर पाउनसाथ एसएसबीका जवानहरुले स्थलगत भ्रमण गरी वाहनलाई सुरक्षित निकाल्न सहयोग गरेका छन् भने स्थानीय चालकहरु सहयोगमा लगभग चार घण्टाको कठोर मेहनतपछि एसएसबीले वाहनलाई सुरक्षित निकालेको एसएसबीका अधिकारीहरूले जनाएका छन्। यसको साथमा वाहनमा दुईजना रहेको तथा उनीहरू दुवैलाई कुनै चोटपटक नलागेको एवं उनीहरू सुरक्षित रहेको समेत अधिकारीहरूले बताएका छन्। अर्कोतिर वाहनको अघिल्लो भागमा केही तक्निकी गढबडी भएपछि लेन्डोभर दुर्घटना सम्मुख हुन पुगेको यद्यपि दुर्घटनामा वाहनमा पुगेको केही क्षतिबाहेक कसैलाई केही नभएको लेन्डरोभर एसोसिएसनका महासचिव चन्दन प्रधानले बताएका छन्।

उनले आपतकालीन समयमा सहयोग पुर्याएकोमा एसएसबीप्रति आभार प्रकट गरेका छन्। याद रहोस् यस क्षेत्रमा चल्ने लेण्डरोभर एक हेरिटेज वाहन हो भने यसमा सवार गरी सिंहलिला राष्ट्रु आरण्यको सुन्दरता हेर्न बर्षेनी लाखौं पर्यटनहरु आउने गर्दछ्न्।