ड्रग्स सहित पति-पत्नी पक्राउ

गान्तोक: राज्यमा दिन प्रतिदिन ड्रग्सको धन्दामा वृद्धि भइरहेको छ। सिक्किम पुलिसले केही दिन अघिदेखि ड्रग्सको धन्दा गर्नेहरूविरूद्ध कडा कारवाही गर्दै आइरहेको भएता पनि यसमा नियन्त्रण नभएको घटनाक्रमले दर्शाएको छ। यसै क्रममा रम्फू पुलिसले ड्रग्ससहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी पाकिमस्थित अँधेरी निवासी मनोज भुजेल र उनकी धर्मपत्नी रबिना छेत्रीकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीद्वय सिलगढीबाट गान्तोक बसमा आइरहेको क्रममा रम्फूमा जाँच गर्दै ड्रग्स फेला पारेको हो। पुलिसले आरोपीबाट १४३३ विन्सपास्मो फोर्ट क्याप्सुल र २० वटा एनटेन ट्याबलेट फेला पारेको छ। पुलिसले आरोपीविरूद्ध रम्फू थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement