साइकल यात्री सामदेन तामाङलाई भव्य स्वागत

00-40373b25-c756-4fe7-8cc6-4cb23e95ad02

कालचिनी: गत २७ अगस्तको दिनदेखि नेपाल भारतको सीमा महाकाली सीमान्तबाट साइकलमा प्रायः दुई हजार किलोमीटर लामो यात्रा तय गरेर आज कालचिनी आफ्नै स्टेशनमा आईपुगेका बुखिमबारी निवासी सामदेन तामाङलाई आज कालचिनी बासिन्दाहरुले भव्य स्वागत गरेको थियो। कालचिनी चौपतिमा आईपुगेका सामदेन तामाङलाई आज कालचिनी क्षेत्रका युवाहरुले मिलन माझीको नेतृत्वमा रातो अक्षताको टीका लगाई खदा पहिराएर भव्य स्वागत गरेको थियो भने मारवाड़ी युवा मञ्चको सचिव सुमित गोयलले सामदेन तामाङलाई सम्वर्द्धना प्रदान गरेको थियो।

कालचिनी आईपुगेका सामदेन तामाङले दुई हजार किलोमीटर यात्रा तय गरेर पनि अझै जोश अघि बढ़ने आईरहेको र मूलतः हामी भारतीय गोर्खा औ डुवर्सको सीमान्तमा बस्ने गोर्खाहरुलाई आज पनि डुवर्स बाहिर गए नेपाली नेपालको भन्ने गरेको औ सिक्किम दार्जिलिङकोहरुलाई मात्र भारतीय सोँच्ने गरेकोले डुवर्सको पहिचान दिलाउन यो यात्रा गरेको र यसमा नेपाल र भारत दुवै देशबाट राम्रो सहयोग पाएको र अब आउँदो दिनमा सगरमाथाको चोटी पुग्ने लक्ष्य रहेको जनाएका छन्। सगरमाथा उक्लिने लक्ष्य रहेको र यसको निम्ति सबैबाट मदत पाए सगरमाथा अभियानमा जाने सामदेन तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement