पुष्पारानी विद्यालयका विद्यार्थीहरुलाई हिमालयन रेलवेले गरायो निःशुल्क यात्रा

IMG-20250419-WA0181

ज्योति मुखिया, दार्जीलिङ

पुष्परानी उच्चतर विद्यालयका शिक्षक राजु ठटाल भन्नु हुन्छ, “दार्जीलिङको सानाे रेल युनेस्कोको विश्व धरोहर हो। पहिला यही सानो रेलमा चड्दै झर्दै हामी विद्यालय जाने गर्थ्यौं। तर अहिले यो सानो रेलमा सबैले चढनु सक्दैन। भाडा महँगो भएको छ। हाम्रो विद्यार्थीहरुले दिनहुँ यो रेललाई विद्यालयको खिडकीबाट देख्छन्। तर मैले सोध्दा कसैले पनि यो रेलमा चडेका छैनन्।”
विद्यालयका शिक्षिका ज्योत्सना लामा भन्नु हुन्छ, “घरको आँगनमा कुदी हिड्ने विश्व धरोहर दार्जीलिङको सानो रेल विषय हामी विद्यार्थीलाई कक्षामा पढाउँछौ। तर सानो रेलको यात्राको अनुभूति कसैले पनि पाउनु सकेका छैनन्। त्यसैले राजु सरले भन्नु भयाे की विद्यार्थीलाई किताबी ज्ञान मात्र होइन, अनुभूति पनि दिलाउनु सक्नु पर्छ। दार्जीलिङको सानो रेल विषय किताबमा पढेर, गीत गाएर मात्र हुन्न हाम्रा नानीहरूले रेल यात्राको अनुभूति पनि लिनु पर्छ।”


पुष्पारानी विद्यालयका शिक्षकहरूले विद्यालयका प्रधान अध्यापिका ललिता भण्डारी सँग विद्यार्थीहरुलाई रेल यात्रा गराउने अनि अनुभूति दिलाउने विद्यालयको इच्छा विषय कुरा उठाए। प्रधान अध्यापिका भण्डारीले पनि दार्जीलिङ्ग हिमालयन रेलवेका अधिकारी सँग विद्यार्थीलाई सानो रेलको यात्राको अनुभूति दिलाउन रेलवेलाई सहयोग मागे। नभन्दै रेलवेले पनि विद्यालयका 30 जना सम्म विद्यार्थीलाई निःशुल्क सानो रेलमा यात्रा गराउने तय गर्यो।


आज शनिवार शिक्षकहरू राजु ठटाल, विश्वनाथ राई अनि ज्योत्सना लामाको अगुवाइमा २२ जना कक्षा पाँच देखि दस सम्मका विद्यार्थीहरूले खरसाङ देखी महानदी अनि खरसाङ सम्म दार्जीलिङको सानो रेलको यात्रा गरे।
विश्वनाथ राई भन्नु हुन्छ, “आज रेलको यात्रा गर्दा मलाई मेरो आफ्नै विद्यार्थी जीवनको याद आयो। रेलमा कहिले नचडेका विद्यार्थीहरू लगेका थियौं। सबै खुसी थिए। गीत गाउँदै, हसयौंली गर्दै थिए विद्यार्थीहरू। उनीहरूको पहिलो रेल यात्राको अनुभूति उनीहरूको जीवनमा सदैव रहनेछ।”


विद्यालयलका विद्यार्थीहरूले दार्जीलिङ्ग हिमालयन रेलवे, खरसाङ अनि प्रधान अध्यापिका भण्डारी प्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement