खरसाङ: खरसाङमा गत केही वर्षदेखि सञ्चालन हुँदै आइरहेको आर्मी प्रि रिक्रुटमेन्ट फिजिकल ट्रेनिङ इन्स्टिट्युटट खरसाङको आयोजानामा शनिवार बिदाई समारोह सम्पन्न भएको छ। खरसाङको सुबेदार बस्तीस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त बिदाई कार्यक्रममा आर्मी प्रि रिक्रुटमेन्ट फिजिकल ट्रेनिंग इन्स्टिट्युट खरसाङबाट आर्मीमा चयन भएर गएका जम्मा आठजनालाई बिदाई दिइएको छ| उक्त कार्यक्रममा अतिथिका रुपमा सभासद श्याम शेर्पा, किक् बक्सिङमा अन्तर्राष्ट्रिय निर्णायक सञ्जय छेत्री, खरसाङ महकुमा खेलकुद संघको कोषाध्यक्ष बसन्त सिंह, प्रेस क्लब अफ् खरसाङको सभापति एंव वरिष्ठ पत्रकार मुरालीलाल पञ्चम, वरिष्ठ पत्रकार सञ्जय प्रधान आदि उपस्थित रहेका थिए| आर्मी प्रि रिक्रुटमेन्ट फिजिकल ट्रेनिङ इन्स्टिट्युट खरसाङको प्रमुख राजेन्द्र तामाङले सञ्चालन गरेको कर्यक्रममा यस इन्स्टिट्युटबाट आर्मीमा लागेर उत्तीर्ण भएका आठजनालाई बिदाई दिइएको छ| यस अवसरमा आठजनालाई नै अतिथिहरुका बाहुलीबाट खदार्पणसहित फुलगुच्छा र स्मृति चिन्ह प्रदान गरेर सम्मानसहित बिदाई दिइएको छ। यसपाली आर्मी प्रि रिक्रुटमेन्ट फिजिकल ट्रेनिंग इन्स्टिट्युट खरसाङका निर्देशक साथै प्रशिक्षक राजेन्द्र तामाङको छत्रछायाँमा जम्मा ११ जनाले ट्रेनिङ लिएका थिए जसमा ८ जना उत्तीर्ण भएका छन्| आर्मीमा उत्तीर्ण भएका ८ जनालाई एक कार्यक्रम गरेर बिदाई दिइएको छ| उक्त कार्यक्रम अतिथिका रुपमा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा, किक् बक्सिङमा अन्तर्राष्ट्रिय निर्णायक सञ्जय छेत्री, खरसाङ महकुमा खेलकुद संघको कोषाध्यक्ष बसन्त सिंह, प्रेस क्लब अफ् खरसाङको सभापति एंव वरिष्ठ पत्रकार मुरालीलाल पञ्चम, वरिष्ठ पत्रकार सञ्जय प्रधान आदिले आफ्नो आफ्नो वक्तव्यमा अग्निवीरमा भर्ना भएर गएका आठजना साथै मुख्य प्रशिक्षक एंव निर्देशक राजेन्द्र तामाङ र टिमलाई बधाई दिएका छन्। वक्ताहरुले भूतपूर्व सैनिक राजेन्द्र तामाङले आर्मी प्रि रिक्रुटमेन्ट इन्स्टिट्युट खोलेर युवाहरुका भविष्य बनाईरहेकोमा सराहना गरेका छन्। उल्लेखनीय छ राजेन्द्र तामाङ आफै भारतीय सेनामा हवल्दारसम्मको पदमा पुगेर अवकाशप्राप्त भएका थिए। उनी आर्मीमा पनि विभिन्न कौशलमा प्रशिक्षकको रुपमा कार्य गरिसकेका थिए भने अवकाशप्राप्त भएर एकजना पत्रकारको रुपमा कार्यरत थिए भने विगत २०२१ देखि खरसाङमा आर्मी प्रि रिक्रुटमेन्ट फिजिकल ट्रेनिंग इन्स्टिट्युट खोलेर युवाहरुलाई अग्निवीरमा भर्ना लगाउन लागिपरेका छन्। यसपाली चौथो ब्याजमा जम्मा ११ जनामा ८जना उत्तीर्ण भएर आर्मीमा जाने भएकोले इन्स्टिट्युटबाट बिदाई समारोह आयोजना गरिएको छ। अन्य तीनजनाले फेरि अर्को भर्नाको बेलामा परीक्षा दिनसक्ने जानकारी राजेन्द्र तामाङले दिएका छन्। उनले २०२१ देखि अहिलेसम्म जम्मा ४२ जना यस इन्स्टिट्युटबाट उत्तीर्ण भएर आर्मीमा लागिसकेको साथै अब अहिले पाँचौं ब्याजमा दार्जिलिङ, कालेबुङ, खरसाङ लगायतका स्थानहरुबाट आएका युवाहरुले ट्रेनिङ्ग लिईरहेको बताएका छन्।