नयाँ दिल्ली: कुनै जानकारीबिनापाकिस्तानलाई एफ–१६ विमानका लागि दिएको ४५ करोड डलरको ‘सस्टेनमेन्ट प्याकेज’लाई लिएर भारतले अमेरिकासँग कडा विरोध गरेको छ। यो विरोध दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु समक्ष व्यक्त गरिएको हो। यस विरोधमा यो निर्णयको समयको पनि विरोध भएको छ। भारत सरकारको यो निर्णयले द्रुत गतिमा बढिरहेको आपसी सम्बन्धमा कुनै असर नपर्ने विश्वास लिएको छ। यसले दुई देशबीचको सम्बन्धमा केही असहजता ल्याउनेछ। किनभने अमेरिकाले भारतलाई यस निर्णयबारे पहिले बताएको थिएन। जसले भारतको सुरक्षामा गम्भीर असर पारेको छ।
टाइम्स अफ इण्डियाको समाचारअनुसार पाकिस्तानलाई यो सहायता डोनाल्ड ट्रम्पको प्रशासनले २०१८ मा रोकेको थियो। जबकि अब जो बाइडेन प्रशासनले त्यो निर्णय परिवर्तन गरेको छ। भारतले अमेरिकी अधिकारीहरूको मेजबानी गरिरहेको बेला यो घोषणा गरिएको हो। जसमा लु स्वयम् संलग्न थिए। अमेरिकाले यो घोषणा गर्दा अमेरिका–भारत टू प्लस टु इन्टरसेसनल बैठक र सामुद्रिक सुरक्षा वार्ता चलिरहेको थियो। भारतले यो विषयलाई लुसँग निकै कठोरताका साथ उठाएको छ। अमेरिकाले भारतको सुरक्षालाई ध्यानमा राख्ने अपेक्षा गरिएको छ।
जबकि अमेरिकाले नयाँ मर्मत प्याकेजमा नयाँ क्षमता, हतियार वा कुनै गोलाबारुद समावेश नगर्ने बताएको छ। भारत र अमेरिकाबीच सेप्टेम्बर ७ मा टु प्लस टु वार्ता भएको थियो। यो बैठक चलिरहेको बेला अमेरिकाले पाकिस्तानको एफ-१६ विमानको मर्मत प्याकेज सहितको कांग्रेसको प्रस्तावलाई अनुमोदन गर्यो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले आतंकवाद विरोधी गतिविधिमा पाकिस्तान प्रमुख सहयोगी भएको बताएका छन्। पहिलेदेखि नै रहेको नीतिअनुसार अमेरिकाले बेचेका हतियार मर्मत गर्ने काम गर्नेछ। पाकिस्तानको एफ–१६ फ्लीटको निशाना भारत रहेको भारतको विश्वास छ। यद्यपि तीमध्ये केही विमान सञ्चालनमा छैनन्। चीनसँगको रक्षा सम्बन्ध नतोडेर पाकिस्तानले कसरी यस्तो अमेरिकी सहयोग पाइरहेको छ, भारतलाई पनि आश्चर्य छ! अलकायदाका नेता अयमान अल जवाहिरीलाई मार्न पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिएको कारणले मात्रै पाकिस्तानले यो प्याकेज पाएको अनुमान पनि छ। तर पाकिस्तानले तालिवानको यो आरोपलाई सधैँ अस्वीकार गर्दै आएको छ।










