कालचिनी: दक्षिण साताली बस्ती निवासी हरि शर्माको घरको बारीबाट आइतबार मन्थराम बीटका वनकर्मीहरुले प्रायः ६ फूटको अजिङ्गर उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार हरि शर्माको घरको कुखरा हाँसहरु एक एकवटा गरेर हराईरहेको थियो भने आज आफ्नै बारीमा उक्त शिकारी अजिङ्गर देखेपछि यसको जानकारी जल्दापाड़ा डिभिजनका मन्थराम बीटलाई दिएको थियो। घटनास्थलमा बनकर्मीहरु पुगेर उक्त अजिङ्गरलाई सकुशल उद्धार गर्न सफल भएको थियो भने उद्धार भएको अजिङ्गरलाई जल्दापाड़ा डिभिजनका कोर जंगलमा छोड़िएको मन्थराम बीटको बनकर्मीहरुले जनाएका छन्।