कालेबुङ: उत्तर बंगालमा फूटबल प्रतिभाहरूको कुनै कमी छैन। यसै क्रममा अझ दुईजना युवा खेलाड़ी अर्पित छेत्री र मिंगमा शेर्पाले राज्य टीममा स्थान पाएका छन्। मीडफिल्डर मिंगमा गोरुबथानको सोमबारे बजार अनि डिफेण्डर अर्पित कालेबुङ निवासी हुन्। यी दुईजनाले अब पश्चिम बंगाल टीमको प्रतिनिधित्व गर्दै स्वामी विवेकानन्द अण्डर-२० मेन्स नेशनल फूटबल च्याम्पियनशीपमा हिस्सा लिनेछन्। टुर्नामेण्टको आयोजन छत्तीसगढ़को नारायणपुरमा हुनेछ। पश्चिम बंगालसँग ग्रुप एच मा मध्य प्रदेश, नागाल्याण्ड र हरियाणा रहेको छ।